• २०८१ बैशाख २२ शनिबार

डोनल्ड ट्रम्पद्वारा ईरानलाई धम्कि

kharibot

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इराक स्थित अमेरिकी दुतावासमा भएको आक्रमणमा ईरानलाई दोषी भन्दै ईरानी सरकारलाई धम्कि दिएका छन्।

ट्रम्ले आफ्नो ट्विटर अकाउन्टमा लेखेका छन्, "इराक स्थित अमेरिकी दूतावासको सुरक्षा व्यवस्था पछिल्लो केहि घण्टामा जारी भए अनुसार सुरक्षित भएको छ , हाम्रा थुप्रै बहादुर सैनिक संसारको सबै भन्दा खतरनाक युद्धमा  हतियारको साथमा सहयोगको लागि पुगेका छन् ,म यस पुरै विषय ईराकको राष्ट्रपति र प्रधानमन्त्रीलाई धन्यवाद दिन चाहन्छु कि, उनले हाम्रो निवेदन माथि शिघ्र प्रतिक्रिया दिए ।

अमेरिकी राष्ट्रपतिको यस आक्रामक ट्वीट पछि अमेरिकी रक्षा सचिव मार्क एस्परले मध्य-पूर्वी क्षेत्रमा तत्काल सात सय ५० सैनिक पठाउने घोषणा गरेका छन् ।

ट्रम्पले किन दिए धम्कि ?

अमेरिकाले ईरान समर्थित चरमपन्थी समूह बसोबास गरिरहेको ठाउँमा हवाई आक्रमण गरेको थियो । उक्त आक्रमणको विरोधमा इराकको राजधानी बगदाद स्थित अमेरिकी दूतावासको परिसरमा हमला भयो । अमेरिकी सेनाले प्रदर्शनकारीहरुलाई तितर-बितर गर्नको लागि अश्रु ग्यास प्रहार गरेको थियो ।

प्रदर्शनकारी दूतावासको परिसर बाहिर रहेको पर्खाल नाघेर भित्र पसेका थिए । दूतावास बाहिर एक सुरक्षा चौकीमा  प्रदर्शनकारीहरुले आगो लगाइदिए । अहिले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उक्त आक्रमणको पछाडी ईरानको हात रहेको आरोप लगाएका छन्।

राष्ट्रपति ट्रम्पले भने, “यस  आक्रमणको पुरै जिम्मेवारी ईरानको हुनेछ ।” पश्चिमी इराक र पूर्वी सीरियामा आइतबार अमेरिकाले कताइब हिज्बुल्लाह चरमपन्थी संगठन रहेको ठाउँमा बमबारी गरेको थियो र यसमा कम्तिमा २५ लडाकु मारिएका थिए ।

अमेरिकाको अनुसार, शुक्रवार इराकको किरकुकमा सैन्य इलाकामा भएको हमलाको जवाफमा कारवाही भएको हो ।  अमेरिकी सैन्य ईलाकामा शुक्रवार भएको हमलामा एक अमेरिकी ठेकेदारको मृत्यु भएको थियो ।

इराकका प्रधानमन्त्री अदेल अब्दुल महदीको अनुसार अमेरिकाको हवाई आक्रमणले इराकको संप्रभुता उल्लंघन गरेको छ । अर्को तर्फ भने कताइब हिज्बुल्लाह नेता अबु महदी अल-मुहान्दिसले चेतावनी दिएका छन् कि अमेरिकाले यस हमलाको नराम्रो नतिजा भोग्नु पर्नेछ ।

बगदादमा के भएको थियो ?

मंगलवार भएको अमेरिकी हमलामा मारिएका चरमपन्थी लडाकुको अन्त्यष्टि पछि यसको विरोधमा जनता सडकमा उत्रिएका थिए । हजारौंको संख्यामा मानिसहर बगदादको ग्रीन जोन इलाकामा बढ्न थाले ।

यसमा अबु महदी अल-मुहान्दिस बाहेक हिज्बुल्लाहका थुप्रै वरिष्ठ सैन्य अधिकारी पनि थिए । बगदादको ग्रीन जोन इलाकामा इराकको महत्वपुर्ण सरकारी कार्यालय र विदेशी दुतावास रहेको छ ।

इराकी सुरक्षा बलले प्रदर्शनकारीहरुलाई ग्रीन जोनमा जाने अनुमति दिएका थिए तर केहि समयमा नै सबै प्रदर्शनकारी अमेरिकी दूतावासको बाहिर जम्मा भए ।

असाइब अह्ल अल-हक समूहका प्रमुख काइस अल-खजाली भन्छन् “उक्त घटना पछि दूतावासले इराकको विरुद्धमा काम गरिरहेको कुरा प्रस्ट भएको छ । यस दूतावासले इराकको जासूसी गरिरहेको छ र यहाँको परिस्थिती हेर्दा तोड-फोडको लागि सहयोग गरिरहेको छ ।"

विरोध प्रदर्शन शुरू भएको केहि घण्टा पछि इराकको प्रधानमन्त्री अब्दुल महदीले प्रदर्शनकारीहरुलाई अमेरिकी दूतावास परिषर बाट टाढा बस्न आग्रह गरेका थिए ।  प्रधानमन्त्री महदीले भने , "यो एउटा चेतावनी हो, दूतावासमा कुनै प्रकारको आक्रमण र विदेशी प्रतिनिधिहरुलाई केहि भयो भने, त्यस्तो गर्ने सबैलाई कानुन अनुसार सजाय मिल्नेछ । "

राष्ट्रपति ट्रम्पले ट्वीट मा भनेका छन्, "ईरानले एक अमेरिकी ठेकेदारलाई मरेको थियो र अन्य थुप्रै घाइते भएका छन् । हामीले सधै आक्रमणको कडा प्रतिक्रिया दिएको छौं, अहिले ईरानले इराकमा रहेको अमेरिकी दूतावासमा  योजनाबद्ध तरिकाबाट आक्रमण गरेको छ। यसको लागि ईरान पुरै तरिकाले जिम्मेवार छ र आशा छ कि इराकले दुतावासको सुरक्षा गर्नेछ। " ईरानको तर्फबाट भने कुनै तत्काल प्रतिक्रिया आएको छैन ।

कताइब हिज्बुल्लाह किन अमेरिकाको निशानामा छ?

अमेरिकाको अनुसार हिजज्बुल्लाह इराकमा आफ्नो सैन्य ईलाकामा लगातार आक्रमण गरिरहेको छ । हिज्बुल्लाहको  हमलाको जवाफमा आइतबार अमेरिकाले उसको बसोबास गर्दै आएको ठाउमा बम आक्रमण गरेको थियो ।

सन् २००९ देखि अमेरिकाले कताइब हिज्बुल्लाहलाई आतंकारी संगठन घोषणा गरेको छ।  त्यस्तै  अबु महदी अल-मुहान्दिसलाई विश्वकै आतंककारी तोकेको छ । अमेरिकाको अनुसार यस संगठन ईराकको स्थिरता र शान्तिको लागि खतरनाक छ ।

(बीबीसी हिन्दी)

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै