• २०८१ बैशाख २७ बिहीबार

अस्ट्रेलियामा भएको आगलागीप्रति पराष्ट्रमन्त्री ज्ञवालीद्वारा दुख व्यक्त 

kharibot

काठमाडौं ।  पराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवलीद्वारा अस्ट्रेलियाको पराष्ट्र तथा व्यापार मन्त्री मेरिस पायनलाई अस्ट्रेलियामा भएको आगलागीले गरेको मानव तथा पशुपन्छीको जीवन क्षतिको प्रति दुख व्यक्त गरेका छन् । 

मन्त्री ज्ञवालीले अस्ट्रेलियाको धेरै भागमा भएको विनाशकारी आगलागीको कारण हुन गएको मानव क्षति र लाखौं जनावरको ज्यान गएको तथा वनस्पति र जीवजन्तुको अपूरणीय क्षति, सम्पतिको व्यापक क्षति प्रति संवेदना व्यक्त गरेका छन् ।  

पराष्ट्रमन्त्रीले संकटको सामना गर्न अष्ट्रेलिया सरकारले गरिरहेको निरन्तर प्रयास सफल हुने कुरामा विश्वास व्यक्त गर्दै सन्देश दिएका छन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै