• २०८१ जेठ ६ आइतबार

दामनमा अचेत भेटिएका आठ भारतीयको मृत्यु (अपडेट)

kharibot

फाइल तस्बीर

काठमाडौँ । मकवानपुरको पर्यटकीय क्षेत्र दामनको रिसोर्टमा बेहोस भएर काठमाडौं उपचारमा ल्याइएका आठ जना भारतीयको मृत्यु भएको छ ।

प्रहरीका अनुसार हेलिकप्टरमा ल्याइएका आठ जनाको ह्याम्स अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

सोमबार थाहा नगरपालिका-४ सिमभञ्ज्याङस्थित होटल एभरेष्ट पानोरमा रिसोर्टमा बसेका भारतीय पर्यटक मंगलबार बिहान अचेत अवस्थामा भेटिएका थिए ।

उनीहरूलाई उपचारका लागि हेलिकप्टरमा काठमाडौं ल्याइएको थियो ।

प्रारम्भिक विवरण अनुसार कोठाको झ्याल, ढोका बन्द गरेर हिटर चलाएर सुतेका कारण निसास्सिएर मृत्यु भएको आशंका गरिएको छ । प्रहरीले मृत्यु भएको पुष्टि गर्दै पोष्टमार्टमका लागि लैजाने तयारी भएको बताएको छ ।

मृत्यु हुने चार पुरुष र चार महिला रहेको बताइएको छ । उनीहरुको विवरण भने आइसकेको छैन ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै