• २०८१ बैशाख १६ आइतबार

त्रिकोणात्मक सिरिजको मुखैमा प्रशिक्षक पटवालद्वारा राजीनामा

kharibot

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक उमेश पटवालले पदबाट राजीनामा दिएका छन् ।

नेपाल, अमेरिका र ओमानबीच आगामी बुधबारदेखि कीर्तिपुरमा हुने त्रिकोणात्मक सिरिजको मुखैमा पटवालले राजीनामा दिएका हुन् । पटवालको राजीनामा त्रिकोणीय सिरिजपछि  लागु हुने बताइएको छ । 

२०२० को जुन १० सम्म नेपाली टिम हेर्ने सम्झौता रहेका पटवालसँग नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीहरु असन्तुष्ट रहेको बताइएको छ । 

पटवाललाई अन्तर्राष्ट्रिय क्रिकेट संघ (आइसिसी) ले नेपाली टिमको प्रशिक्षकमा नियुक्त गरेकाले उनले आइसिसीलाई नै राजीनामा पठाएका छन्। 

यस अघि युएईविरूद्धको एकदिवसीय सिरिज र टी–२० सिरिजमा पनि कन्सल्ट्यान्ट ब्याटिङ प्रशिक्षक बनेका पटवाललाई क्यान निलम्बनमा परेका बेला आइसीसीले प्रशिक्षकमा नियुक्त गरेको थियो ।

उनी प्रशिक्षक बनेपछि सिंगापुरमा भएको टी-२० विश्वकपको एसिया छनोटका नेपाली टिमले खराब प्रदर्शन गर्दै विश्वकपको ग्लोबल छनोटमा पुग्न असफल भएको थियो । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै