• २०८१ बैशाख २२ शनिबार

वुहानको चिडियाघरका जनावरलाई सामाजिक संजालबाट जुट्दै छ खाना !

kharibot

फाइल तस्बीर : वुहान चिडियाघर

काठमाडौँ । चीनमा कोरोना भाइरसले महामारीको रुप लिदै गर्दा यसको असर चिडिया घरका जनावरमा पनि परेको छ ।

कोरोना भाइरसको उपाचारमा जुटेको चीनमा विभिन्न चिडिया घरमा जनवारको खानाको आपूर्तिमा कमि आएको चाइना डेलीले लेखेको छ ।

मानिसबाट मानिसमा सारेको भन्दै पुरै शहर बन्द भएको अवस्थामा कोरोनाको इपिसेन्टर रहेको वुहानमा रहेको चिडिया घरका जनावरका लागि खानेकुराको कमि भएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।

तर अहिलेसम्म जनवारप्रेमीहरु सहयोगका लागि आगाडी आएकाले अहिलेसम्म भने मुश्किलका बाबजुत चलिरहेको रिपोर्टमा उल्लेख गरिएको छ । अहिले यो भाइरस कसरी उत्पत्ति भयो भन्ने विषयमा पनि बहस चलिरहेको छ ।

चिनियाँ स्वास्थ्य विशेषज्ञहरुले अहिलेसम्म यो भाइरस चमेरोका कारण उत्पति भएको बताएका छन् तर मानिसमा कसरी सर्यो भन्ने बारे भने थप अनुसन्धान आवश्यक रहेको उनीहरुले बताएका छन् ।

चिडिया घर प्रशासनले जनावरको मद्दतका लागि प्रशासनले सामाजिक संजालबाट जनवारको खान कमि भएको बारे सहयोग गर्न अपिल गरेको  बताएको छ ।

सो अपिल पछि देशभरबाट चिडियाघरको मद्धतका लागि मानिसहरु अगाडी आएको र जनावरका लागि खान पठाएको जानकारी दिएको छ ।

चीनमा अहिलेसम्म कोरोना भाइरसको संक्रमणबाट ६३६ जनाको मृत्यु भएको छ भने ३१ हजार भन्दाबढी यस भाइरसबाट संक्रमित भएका छन् ।    
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै