• २०८१ बैशाख १७ सोमबार

डब्लुएचओको टोलीले भन्यो- वुहानको ल्याबबाट कोरोना भाइरस फैलिएको प्रमाण भेटिएन

kharibot

काठमाडौँ । चीनको वुहानमा कोरोना भाइरसको उत्पतिका विषयमा अध्ययन गरिरहेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को टोलीले कोरोना भाइरस कुनै जनावरबाट फैलिएको हुनसक्ने बताएको छ ।

वुहनमा अध्ययन गर्न गएको डब्लुएचओको टोलिले मंगलबार पत्रकार सम्मेलन गर्दै कोरोनाको उत्पतिको स्पष्ट प्रमाण नभेटिएको बताएको छ ।

साथै टोलिले यसअघि वुहान स्थित ल्याबबाट कोरोना भाइरस लिक भएको भन्ने विषय बारेपनि स्पष्ट प्रमाण नभेटिएको बताएको छ ।

टिमका सदस्य पिटर बेन एम्बारेकले भने, ' अहिलेसम्म प्राप्त जानकारी अनुसार ल्याबबा कोरोना भाइरस मानिसमा सरेको थ्योरी ठिक देखिएको छैन । साथै ल्याबबाट भाइरस सर्न सम्भव देखिएको छैन ।'

उनले वुहानको सीफुड बजारबाट कोरोना भाइरस फैलिएको हुनसक्ने बताए । साथै उनले भाइरसको उत्पतिका विषयमा नयाँ प्रमाण भेटिए पनि त्यसले महामारीको स्वरूप कसरी लियो भन्ने बारे स्पष्ट नभएको बताए ।

यसअघि चिनियाँ वरिष्ठ स्वास्थ्य अधिकारी लियांग वानियानले चीनले डब्लुएचओको अनुसन्धान टिमलाई पुरा सहयोग गरेको बताए ।

उनले कोरोना भाइरस वुहानमा शुरु हुदा सीफुड बजारसँग सम्बन्धित केहि केस भएपनि अन्य केस सीफुडसँग सम्बन्धित नरहेको पनि भेटिएकाले सीफुडबाटनै यसको उत्पति भएको यकिन साथ भन्न गार्हो रहेको बताए । 
   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै