• २०८१ बैशाख १७ सोमबार

वुहानमा एक बर्षपछि देखियो संक्रमण, पुरै जनसंख्यालाई परिक्षण गर्ने तयारी

kharibot

काठमाडौँ । कोरोना भाइरसको उत्पति भएको चीनको वुहानमा सबै जनसंख्यालाई कोरोनाको परिक्षण गरिने भएको छ ।

वुहानमा हालै ७ स्थानीयलाई कोरोना भाइरस पोजेटिभ देखिएपछि एक करोड १० लाख जनसंख्या भएको वुहानको सबै जनसंख्याको कोरोना परिक्षण गर्ने लागिएको बिबिसीले उल्लेख गरेको छ  ।

पछिल्लो एक बर्षमा पहिलो पटक वुहानमा कोरोना संक्रमण देखिएको थियो । पछिल्लो १० दिनमा चीनमा ३०० संक्रमित पुष्टि भएका छन् । घरेलु पर्यटनको सिजन पनि भएकोले अहिले कोरोना संक्रमण फैलिएको अनुमान गरिएको छ ।

चीनको राष्ट्रिय स्वाथ्य परिषदले विभिन्न प्रान्तमा व्यापक रुपमा परिक्षण अभियान चलाइएको बताएको छ ।

यसैक्रममा वुहानमा पुरै जनसंख्याको कोरोना परिक्षण गर्न थालिएको मिडिया रिपोर्टमा उल्लेख छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै