काठमाडौँ । अखिल नेपाल फुटबल संघले एएफसी एशियन कप २०१९ फुटबल छनोट अन्तर्गत फिलिपिन्ससँग खेल्ने राष्ट्रिय टोलीको घोषणा गरेको छ ।
आज घोषणा गरिएको २३ सदस्यीय नेपाली टिमको गोलकिपरहरूमा किरण चेम्जोङ, विकेश कुथु र विशाल श्रेष्ठ रहेका छन् ।
त्यस्तै, डिफेन्समा विराज महर्जन, रोहित चन्द, अनन्त तामाङ, कमल श्रेष्ठ, जितेन्द्र कार्की, राजेन्द्र रावल र दिनेश राजवंशी रहेका छन् ।
मिडफिल्डमा सुजल श्रेष्ठ, विक्रम लामा, विशाल राई, अञ्जन विष्ट, जगजित श्रेष्ठ, हेमन गुरूङ, सुनिल बल र हेमन्त थापा मगर रहेका छन् ।
फरवार्डमा जर्ज प्रिन्स कार्की, नवयुग श्रेष्ठ, विमल घर्ती मगर, अनिल गुरूङ र भरत खवास रहेका छन् ।
चर्चित स्ट्राइकर अनिल गुरूङले आफ्नो ५०औ अन्तर्राष्ट्रिय खेलसँगै यस खेलबाट सन्यास लिने घोषणा गरेका छन् ।
नेपाल छनोट चरणबाट भने बाहिरिईसकेको छ ।