• २०८१ बैशाख १७ सोमबार

एशियन कपको फाइनलमा जोर्डन र कतार भिड्दै

kharibot

काठमाडौँ । १८औं एशियन कप फुटबलको फाइनल खेल आज हुदै छ ।  फाइनलमा जोर्डन र आयोजक कतार उपाधिका लागि आज भिड्दै छन् । यो खेल नेपाली समय अनुसार राती ८: ४५ बजेदेखि शुरु हुदै छ ।

जोर्डनले सेमिफाइनलमा दक्षिण अफ्रिकालाई २-० गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । जोर्डन एशियन कपको इतिहासमा पहिलो पटक फाइनलमा पुगेको हो । जोर्डन यसअघि २००४ र २०११ मा क्वाटरफाइनलसम्म पुगेको थियो । जोर्डन पाँचौं पटक एशियन कप खेलिरहेको छ । 

त्यस्तै कतारले सेमिफाइनलमा इरानलाई ३-२ गोल अन्तरले पराजित गर्दै लगातार दोस्रो पटक फाइनलको यात्रा तय गरेको हो । डिफेन्डिङ च्याम्पियन रहेको कतार ११औं पटक एशियन कप खेलिरहेको छ । सन् २००० र २०११ मा क्वाटरफाइनलसम्म पुगेको कतारले २०१९ मा एशियन कपको उपाधि जितेको थियो र आज दोस्रो पटक एशियन कपको फाइनल खेल्दै छ ।

एशियन कप फुटबलको विजेताले ५ मिलियन डलर नगद पुरस्कार रकम पाउने छ भने उपविजेताले ३ मिलियन डलर नगद पुरस्कार पाउने छ । त्यस्तै एशियन कपको सेमिफाइनलमा पराजित भएका इरान र दक्षिण कोरियाले एक एक मिलियन डलर पाउने छन् भने प्रतियोगितामा सहभागी हरेक देशले २ लाख डलर नगद पाउने छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै