क्रिस्टियानो रोनाल्डोले आउदो सिजनमा रियल म्याड्रिड छोड्न सक्ने !

खरीबोट
ad

काठमाडौँ । रियल म्याड्रिडका पोर्चुगेली स्टार क्रिस्टियानो रोनाल्डोले रियल म्याड्रिड छोड्ने सोचाई बनाएको रिपोर्ट सार्वजनिक भएको छ । 

स्पेनको चिरिंगुटीओ टिभीका अनुसार हाल फर्ममा फर्किन संघर्ष गरिरहेका रोनाल्डोले रियल म्याड्रिड छोड्ने संकेत दिएका छन् । 

अघिल्लो साता च्याम्पियन्स लिग अन्तर्गतको टोटनह्यामसँग पराजित भएपछि रोनाल्डोले अब आफुले रियलमा सम्झौता नविकरण नगर्ने बताएका थिए ।
स्पेनमा अहिले रोनाल्डो आउदो सिजनमा रियलमा नबस्ने समाचार प्रकाशित भएका छन् । 

रोनाल्डोले केहि महिना अघि स्पेनमा कर विवादमा परेपछि रियल छोड्ने सोचाई बनाएका थिए । उनले आफु पुरानो क्लब म्यान्चेस्टर युनाइटेडमा फर्कने चाहना व्यक्त गरेका थिए । तर पछि रोनाल्डोको कर विवाद अदालतमा सल्टिएपछि रोनाल्डोले यसबारेमा कुनै प्रतिक्रिया दिएका थिएनन् ।

यस सिजनमा ला लिग मा केबल एक गोल गरेका रोनाल्डोको प्रदर्शनको अहिले निकै आलोचना भइरहेका बेला रियल छोड्न सक्ने खबर कति हदसम्म साचो हुन्छ त्यो भने अहिले नै भन्ने स्थिति छैन ।
 

सम्बन्धित समाचार

बलात्कारको आरोप अस्वीकार गर्दछु - क्रिस्टियानो रोनाल्डो 

काठमाडौँ।  स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले एक मोडललाई बालात्कार गरेको भन्ने प्रकरणमा आफ्नो मुख खोलेका छन्। रोनाल्डोले सामाजिक संजालमा आफ्नो धारणा राख्दै बालात्कारको आरोप सत्य नभएको बताएका छन्।  रोनाल्डोले भनेका छन्, 'म

क्रिस्टियानो रोनाल्डोले दिए २५ लाख टिप्स !

काठमाडौँ । क्रिस्टियानो रोनाल्डोले एक रिसोर्टमा २५ लाख टिप्स दिएको खुलासा भएको छ ।   विश्वकपमा उरुग्वेसँग पराजित भएपछि परिवारसहित छुट्टी मनाउन ग्रिस गएका रोनाल्डोले ग्रिसको रिसोर्टका कर्मचारीको सर्भिसबाट खुशी भएर

क्रिस्टियानो रोनाल्डोले रियल म्याड्रिड छोडे, इटालियन क्लब युभेन्टससँग गरे सम्झौता

काठमाडौँ । क्रिस्टियानो रोनाल्डोले रियल म्याड्रिड  क्लब छोडेका छन् । रोनाल्डोले रियल छोडेर इटालियन क्लब युभेन्टससँग नयाँ सम्झौता गरेका छन् । रियल म्याड्रिडले आफ्ना प्रमुख खेलाडी रोनाल्डोले युभेन्टससँग नयाँ सम्झौता गरेको

क्रिस्टियानो रोनाल्डोको युभेन्टस जाने इटाली र स्पेनिस मिडियाको दाबि 

काठमाडौँ । पोर्चुगल विश्वकपबाट बाहिरिएपछि क्रिस्टियानो रोनाल्डोले रियल म्याड्रिड छोडेर इटालियन क्लब युभेन्टस जाने चर्चा चलेको छ । स्पेनिस र इटालियन मिडियाले रोनाल्डोले यस सिजनमा युभेन्ट्स जान सक्ने यसका लागि दुवै


z