काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेडले म्यानचेस्टर डर्बी जितेको छ ।
गएराती सम्पन्न खेलमा युनाइटेडले सिटीलाई २-० गोल अन्तरले पराजित गरेको हो ।
म्यानचेस्टर युनाइटेडको जितमा एन्टोनी मार्सियल र स्कट म्याकटोमीनेले एक एक गोल गरेका थिए ।
युनाइटेडको घरेलु मैदानमा सम्पन्न यस खेलमा जितपछि युनाइटेड च्याम्पियन्स लिगमा आफ्नो स्थान बनाउने सम्भावना बढेको छ ।
सिटीको यो हारपछि अब लिभरपुललाई यस सिजनको उपाधि जित्न केवल ६ अंक भए पुग्ने भएको छ ।
२९ खेलमा ८२ अंक भएको लिभरपुल अब प्रिमियर लिगको उपाधि बाट दुई जित टाढा रहेको छ ।
त्यस्तै सिटीको भने यस खेलपछि २८ खेलमा ५७ अंक छ भने युनाइटेडको २९ खेलमा ४५ अंक भएको छ ।