काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत चेल्सीले एभर्टनमाथि फराकिलो जित हासिल गरेको छ ।
गएराती चेल्सीको घरेलु मैदानमा सम्पन्न खेलमा चेल्सीले एभर्टनमाथि ४-० को जित हासिल गरेको हो ।
चेल्सीको जितमा मासन माउन्ट, पेड्रो, विलियन र ओलिभर जिराउडले एक एक गोल गरेका थिए ।
यो जितसँगै चेल्सीको २९ खेलमा ४८ अंक भएको छ भने लिगको चौथो स्थानमा कायम रहेको छ ।
त्यस्तै एभर्टनको भने यस सिजनमा खराब प्रदर्शन जारी रहेको छ ।
एभर्टनको २९ खेलमा ३७ अंक भने लिगको १२औ स्थानमा रहेको छ ।