• २०८१ बैशाख १६ आइतबार

हिमेश पन्तले जिते ‘कमेडी च्याम्पियन’

kharibot

काठमाडौँ । नेपालको पहिलो कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’को उपाधि हिमेश पन्तले जितेका छन् ।

शनिबार सम्पन्न फाइनलमा दुई प्रतिस्पर्धी सुमन कोइराला, खड्गबहादुर पुन मगरलाई पछि पार्दै पन्तले ‘कमेडी च्याम्पियन’को उपाधि जितेका हुन् ।

कमेडी च्याम्पियनका निर्णायकले पन्तलाई फाइनलका लागि सिधै छानेका थिए भने मगर र कोइराला भने भोटबाट छानिएका थिए ।

सुमन र खड्ग एक पटक आउट भएर वाइल्ड कार्ड इन्ट्रीबाट शोमा फेरी आउदै फाइनल सम्म पुगेका थिए ।

विजेता पन्तले २५ लाख नगद र एक कार पुरस्कारस्वरूप प्राप्त गरेका छन् ।

कमेडी च्याम्पियनमा सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र रिचा शर्मा निर्णायक रहेका थिए भने रिमा विश्वकर्माले शो संचालन गरेकी थिइन् ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै