• २०८१ बैशाख १६ आइतबार

आलिया भट्टलाई उत्कृष्ट बनाउने यी १० भूमिका !

kharibot

काठमाडौँ । बलिवुड अभिनेत्री आलिया भट्ट २७ बर्षकी भएकी छन् । सन् १९९३ मार्च १५ मा जन्मिएकी आलिया अहिले बलिवुडकी सबैभन्दा सफल अभिनेत्री हुन् ।

२०१२ मा स्टुडेन्ट अफ द इयरबाट बलिवुडमा डेभ्यु गरेकी आलियाले त्यसअघि सन् १९९९ मा फिल्म संघर्षमा विशेष भूमिकामा समेत अभिनय गरेकी थिइन् ।

उनको पछिल्लो फिल्म कलंक रिलिज भएको थियो जुन बक्स अफिसमा असफल भएको थियो । २०१९ मै रिलिज भएको उनको अर्को फिल्म 'गल्ली ब्वाय' सुपरहिट भएको थियो भने सो फिल्मबाट उनले कैयौ अवार्ड समेत जितेकी छन् ।

आलिया भट्टलाई उनका १० यी भूमिकाले अहिलेकी बलिवुडको उत्कृष्ट अभिनेत्री बनएको छ ।

सबै भन्दा पहिला सन् २०१२ मा रिलिज भएको उनको डेभ्यु फिल्म स्टुडेन्ट अफ द इयर सुपर हिट बनेको थियो । उनले यस फिल्ममा एक कन्युज युवतीको भूमिका निभाएकी थिइन् । त्रिकोणीय प्रेम कथामा बनेको यो फिल्मले आलियालाई बलिवुडमा शानदार स्वागत गरेको थियो । यस फिल्ममा उनको अभिनयका लागि उनलाई फिल्म फेयरमा बेस्ट अभिनेत्री-डेभ्युमा मनोनयन पाएकी थिइन् ।

आलियाको २०१४ मा रिलिज भएको फिल्म हाइवे पनि सुपरहिट भएको थियो । हाइवेमा उनले गरेको अभिनयको निकै प्रसंशा भएको थियो । उनले यस फिल्ममा भिडभाडले रहेको आफ्नो समाजमा आफुलाई एक्लै पाएको युवतीको भूमिका निभाएकी थिइन् । यस फिल्ममा निकै परिपक्क अभिनय गरेकी आलियालाई फिल्म फेयरमा बेस्ट अभिनेत्रीको क्रिटिक्स अवार्ड दिइएको थियो ।

आलियाको अर्को हिट फिल्म २ स्टेट्स हो । लेखक चेतन भगतको उपन्यास २ स्टेट्समा बनेको फिल्ममा आलियाले उत्कृष्ट अभिनय गरेकी थिइन् । आइआइएमकी विद्यार्थी रहेकी आलियाले फिल्म दक्षिण भारतीय युवतीको भूमिका निभाएकी थिइन् । फिल्ममा पंजावी केटासँग प्रेम गर्ने र विवाह गर्दा आउने समस्यालाई दर्शकले निकै मन पराएका थिए ।

आलियाको अर्को फिल्म सन् २०१४ मै आएको हम्टी शर्माकी दुलहनियालाई पनि दर्शकले निकै मन पराएका थिए । सानो शहरको युवतीका स-साना इच्छा र सामाजिक कथामा उत्कृष्ट भूमिका निभाएकी आलियाको यो फिल्म बक्स अफिसमा हिट भएको थियो ।

सन् २०१६ मा आएकी मल्टीस्टार फिल्म कपुर एण्ड सन्समा आलियाको भूमिकालाई निकै मन पराइएको थियो । यस फिल्ममा पनि त्रिकोणीय प्रेम कथामा बनेको यो फिल्म पनिब्क्स अफिसमा हिट बनेको थियो ।

त्यस्तै २०१६ मै आएको आलियाको अर्को फिल्म उड़ता पंजावमा उनले एक विहारी युवतीको भूमिका निभाएकी थिइन् । कामको खोजीमा पंजाव पुग्दा अपराधीहरुको चंगुलमा फसेकी युवतीको भूमिका उत्कृष्ट तरिकाले निभाएकी थिइन् । यस फिल्मबाट उनले फिल्म फेयरको उत्कृष्ट अभिनेत्रीको अवार्ड समेत जितेकी थिइन् ।

आलियाको २०१६ मै अर्को फिल्म फिलिज भयो डियर जिन्दगी । किंग खान शाहरुख खानसँगको यो फिल्म बक्स अफिसमा सफल नभएपनि उनको अभिनयको कुरा गर्दा यो फिल्मको नाम जरुर आउछ । जीवनमा क्यारियर र प्रेममा असफल भएकी युवतीको भूमिका उनले उत्कृष्ट रुपमा निभाएकी थिइन् । यस फिल्मको अभिनयका लागि उनलाई फिल्म फेयरमा बेस्ट अभिनेत्रीका लागि मनोनित गरिएको थियो ।

त्यसपछि आलियाको २०१७ मा आएको फिल्म बद्रीनाथकी दुल्हनिया पनि दर्शकले अत्याधिक रुचाएका थिए । यस फिल्ममा गाउकी एक स्वतन्त्र युवती, जसले आफ्नो इच्छा अनुसार क्यारियर बनाउने र अगाडी बढ्ने युवतीको भूमिका निभाएकी थिइन् । यस फिल्मको अभिनयका लागि उनलाई फिल्म फेयरमा बेस्ट अभिनेत्रीका लागि मनोनित गरिएको थियो ।

२०१८ मा रिलिज भएको फिल्म राजी आलियाको क्यारियरको अहिलेसम्म कै उत्कृष्ट फिल्म मानिन्छ । एक कश्मिरी युवती, जो पाकिस्तानी आर्मीसँग विवाह गरेर पाकिस्तान जान्छिन, को भूमिकामा आलियाले भारत सरकारको जासुसीको काम गर्ने युवतीको भूमिका निभाएकी थिइन् । यस फिल्मको अभिनयका लागि उनलाई फिल्म फेयरमा बेस्ट अभिनेत्रीको अवार्ड दिइएको थियो ।

२०१९ मा रिलिज भएको फिल्म गली ब्वाय आलियाको पछिल्लो सुपर हिट फिल्म हो । यो फिल्म भारतबाट ओस्कारका लागि समेत मनोनयनमा परेको थियो । यस फिल्ममा मुम्बईको गल्लीमा हुर्किएकी एक युवती जसले आफ्ना प्रेमीको क्यारियरका लागि आफ्नो क्यारियर नै दाउमा लगाएको युवतीको भूमिका निभाएकी छन् । यस फिल्मको उत्कृष्ट अभिनयका लागि उनलाई फिल्म फेयर बेस्ट अभिनेत्रीको अवार्ड दिइएको छ ।

यसरी आलियाले आफ्नो ८ बर्षे बलिउड यात्रामा कैयौ उत्कृष्ट फिल्ममा अभिनय गरेर अहिलेकी सबै भन्दा सफल अभिनेत्रीको सुचिमा आफुलाई उभ्याउन सफल भएकी छन् ।

उनी अहिले तीन ठुला बजेटका फिल्ममा काम गरिरहेकी छन् । उनले पहिलो पटक आफ्ना पिता महेश भट्टसँग सडक-२ मा काम गरिरहेकी छन् भने आफ्ना प्रेमी रणवीर कपूरसँगको फिल्म ब्रह्मास्त्र रिलिजको तयारीमा रहेको छ । त्यस्तै संजयलीला भन्सालीसँग फिल्म गंगुबाई कथियावाडीमा समेत काम गरिरहेकी छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै