• २०८१ बैशाख १६ आइतबार

कृषि बिकास बैकले माईतिघर मण्डला सुधार गर्ने, महानगरसँग भयो सम्झौता

kharibot

फाइल तस्बीर

काठमाडौ । कृषि विकास बैंक लिमिटेड र  काठमाडौ महानगरपालिका (कामनपा) बिच माईतिघर मण्डला सुधारका लागि सम्झौता भयो । बैंकका बैंकका कामु उपमहाप्रबन्धक ध्रुवचन्द्र गौतम र काठमाडौ महानगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत राजेश्वर ज्ञवालीले सम्झौतामा हस्ताक्षर गरेका हुन । 

सम्झौता अनुसार मण्डलामा बगैचा निर्माण गर्ने, वृक्षारोपण गर्ने, मौसम अनुसारका फूलका वोट एवं विरुवाहरु लगाउने, मर्मत संम्भार गर्ने हेरचाह, रेखदेख गर्ने तथा सौन्र्दयीकरण गर्ने कार्य बैंकले गर्ने छ ।

सम्भौता अवधी पाँच वर्षको हुनेछ, यसअघि पनि बैंकले मण्डलाको संरक्षण तथा सौन्र्दयताका लागि उल्लेखनिय कार्यहरु गर्दै आएको थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै