• २०८१ बैशाख १७ सोमबार

धितोपत्र बजार आजबाट पाँच दिनको लागि बन्द

kharibot

काठमाडौ । धितोपत्र बजार आज सोमबारबाट पाँच दिनको लागि बन्द भएको छ ।  धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९० उपदफा १ को खण्ड (घ) मा बोर्डको विशेष अधिकार अन्र्तगत लगानीकर्ताको हितलाई ध्यानमा राखी नेपाल धितोपत्र बोर्डले धितोपत्र बजारसँग परामर्श गरी धितोपत्र बजार बन्द गर्न आदेश दिने सक्ने व्यवस्था रहेको छ । सोही बजोमिम बोर्डको आदेश अनुसार आजबाट सेयर कारोवार बन्द भएको हो ।  

बोर्डले बिज्ञप्ती मार्फत भनेको छ, हालविश्वव्यापी महामारीकोरुपमा फैलिरहेको नोभल कोरोनाको प्रकोप, त्यसको रोकथाम र नियन्त्रण सम्बन्धमा प्रधानमन्त्रीको सम्बोधन, नोभल कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको पछिल्लो निर्णय, नेपाल सरकारबाट हाल भैरहेका प्रयासहरु, बजार सम्बद्ध पक्षहरुको हालको परिस्थिति सम्बन्धमा दिइएको ज्ञापनपत्रहरुतथा सो मा व्यक्त बजार प्रतिको चासोलाई दृष्टिगत गरी लगानीकर्ताको हित प्रवद्र्धनका लागि धितोपत्रबजार बन्द गर्ने निर्णय भएको हो ।

धितोपत्र सम्बन्धी ऐन, २०६३ को व्यवस्था बमोजिम नेपाल स्टक एक्सचेञ्ज लि. सँग परामर्श गर्दा कोरोना भाईरसको जोखिमको त्रासले गर्दा लगानीकर्ता तथा सदस्य दलालको धितोपत्र  कारोबारमा सहभागिता घटदो क्रममा रहेको पाइएकोले कोरोना भाईरसको जोखिमलाई न्यूनीकरण गरी लगानीकर्ता, सदस्य दलाल, कर्मचारी आदिको स्वास्थ्यलाई उच्च प्राथमिकतादिई दोस्रो बजारमा हुने नयाँ कारोबार केही समयका लागि बन्द गर्न आवश्यक देखिएको, बिज्ञप्तीमा उल्लेख छ । 

सोही आधारमा बोर्ड संचालक समितिको पछिल्लो बैठकले हाल देशमा कोरोना भाईरसको त्रासबाट सिर्जित विषम परिस्थिति र नेपाल स्टक एक्सचेञ्ज लिमिटेडको परामर्श समेतलाई मध्यनजर गरी लगानीकर्ताहरुको हकहित प्रवद्र्धनका लागि धितोपत्रबजारमा भैसकेका कारोबारको नियमानुसार राफसाफ तथा फछ्र्यौट गर्ने÷गराउने गरी धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९० को उपदफा १ को खण्ड (घ) बमोजिम बोर्डको विशेषाधिकार प्रयोग गरी चैत १० गते अर्थात आज सोमबारबाट पाँच दिनको लागि धितोपत्रबजार बन्द गर्न नेपाल स्टक एक्सचेञ्ज लिमिटेडलाई आदेश आदेश दिए अनुसार नेप्सेले सेयर कारोवार बन्द गरेको हो ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै