• २०८१ बैशाख २७ बिहीबार

अर्को सूचना नभएसम्म ‘मेरो गाउँ, मेरो ठाउँ’ प्रतियोगिताको भिडियो पठाउन सकिने

kharibot

काठमाडौँ । ‘मेरो गाउँ, मेरो ठाउँ’, भिडियो च्यालेन्ज २०२० मा भिडियो समावेश गर्ने अन्तिम २६ चैत्र २०७६ (८ अप्रिल २०२०) तोकिएको भएतापनि पछिल्लो समय कोरोना भाईरसले विश्वनै आक्रान्त भईरहेको परिप्रेक्ष्यमा अर्को सूचना जारी नभएसम्म भिडियो निरन्तर पठाउन सकिने भएको छ ।

आयोजक वि विल राइज फाउन्डेसनले अर्को सूचना नभएसम्म भिडियो पठाउन सक्ने जनाएको छ ।

फाउन्डेसनले भनेको छ – ‘यहाँहरूले पठाउनु भएका भिडियोहरू हामीसँगै सुरक्षित रहने छन् । देशको परिस्थिति र समयानुकूल हेरेर प्रतियोगिताको फाईनल आयोजना गरिने समेत यसै सूचनामार्फत जानकारी गराउँदछौं । संसारभर महामारीका रूपमा फैलिएको कोरोना भाईरसबाट सुरक्षित एंव सतर्क रहनुहोला ।’

फाउन्डेसनका संस्थापक निर्देशक निर्मल श्रेष्ठले अहिलेको परिस्थिति हेरेर भिडियो पठाउन सकिने र आउने भिडियोलाई सहभागी गराइने बताए । उनले परिस्थिति अनुकुल हुनासाथ सूचना गरिने बताउदै सबैलाई कोरोना संक्रमण रोकथाममा सरकारले जारी गरेका निर्देशनको पालना गर्न समेत अपिल गरेका छन् ।

थप जानकारी आवश्यक परेमा फाउन्डेसनको वेभसाइट https://wwrf.org.np/ बाट लिन सकिने छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै