• २०८१ बैशाख १६ आइतबार

ओपेकसहितका देशबीच तेल उत्पादनमा कटौती गर्ने महत्वपूर्ण सहमति

kharibot

प्रतिनिधि तस्बीर ।

काठमाडौँ । कोरोनाको महामारीका कारण विश्व बजारमा पेट्रोलियम पदार्थको खपत घट्दै गएपछि मुल्यमा आएको गिरावटका कारण तेल उत्पादक देशको संगठन अर्गनाइजेसन अफ द पेट्रोलियम एक्सपोर्टिग (ओपेक) तथा सहयोगी देशबीच नयाँ सम्झौता भएको छ ।

बिबिसीका अनुसार ओपेक तथा सहयोगी देशहरुबीच तेल उत्पादनमा कटौती गर्ने महत्वपूर्ण सम्झौता भएको छ ।

नयाँ सम्झौताका अनुसार तेलको मुल्यलाई स्थिर राख्ने तथा उत्पादनमा १० प्रतिशतले कटौती गर्ने सहमति भएको छ ।

गएराती भिडियो कन्फेरेन्सबाट भएको छलफलमा सो सहमति भएको हो । सम्झौताको मुख्य उद्देश्य मूल्यलाई स्थिर राख्ने र उत्पादन कटौती गर्ने नै थियो ।

रसियाका राष्ट्रपति भ्लादमिर पुटिन सहमतिमा आएपछि तेल उत्पादन कटौती गर्ने महत्वपूर्ण सम्झौता भएको बताइएको छ ।  

सम्झौता अनुसार अब ओपेक र अन्य सहयोगी देशहरुले हरेक दिन ९०.७ ब्यारेल तेल उत्पादन कटौती गर्ने भएका छन् । अमेरिकी राष्ट्रपति र कुवेतका उर्जामन्त्री डा.खालिद अली मोहमदले यस सम्झौताको बारेमा जानकारी दिएका छन् ।

अहिले कोरोना भाइरसको महामारीका कारण विश्वका करिब ३ अर्ब मानिस लकडाउनका कारण घर भित्र रहेका छन् । यस्तोमा अहिले विश्वभर तेलको माग मा एक तिहाइले कमि आएको छ । यसअघि ओपेकसहितका देशहरु तेलको उत्पादन

कटौतीमा सहमत नहुदा तेलको मुल्यमा १८ बर्षपछिकै ठुलो गिरावट आएको थियो । त्यस्तै साउदी अरब र रसियाको विवादका कारण पनि उत्पादन कटौती गर्ने विषयमा तत्काल सम्झौता हुन सकेको थिएन ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै