• २०८१ बैशाख १६ आइतबार

ऋषि कपुर बारे आलिया भट्टले भनिन् - 'मैले तपाईबाट पाएको प्रेम सधै सम्हालेर राख्ने छु'

kharibot

काठमाडौँ । बलिवुड अभिनेत्री आलिया भट्टले ऋषि कपुरको निधनपछि सामाजिक संजालमा आफ्ना भावना व्यक्त गरेकी छन् ।

ऋषि कपुरको अन्त्यष्टिमा समेत सामेल भएकी आलिया अहिले रणवीर कपुरसँग पछिल्लो केहि बर्षदेखि अफ्येर्समा रहेकी छन्, भने उनीहरु छिट्टै विवाह गर्ने तयारी गरेको बताईन्छ ।

यसैबीच आलियाके केहि तस्वीर समेत पोष्ट गर्दै ऋषि कपुर उनको नजिक रहेको बताएकी छन् ।

आलियाले एक सुन्दर मान्छेका बारेमा मैले के भन्न सक्छु र, जसले मेरो जीवनमा यति धेरै प्रेम र राम्रो कुरा लिएर आए । आज सबैले ऋषि कपुर एक लिजेण्ड भएको बताइरहेका छन् र मैले पछिल्लो दुई बर्षमा एक साथी, चाइनिज फुड लभर, सिनेमा लभर, एक फाइटर, एक लिडर, एक स्टोरी टेलर, एक अति उत्साही ट्वीटर युजर तथा एक पिताको रुपमा चिनेकी छु ।'

आलियाले अगाडी लेख्छिन् - 'यो दुई बर्षमा मलाई जुन प्रेम मिल्यो यसलाई मैले सधै सम्हालेर राख्ने छु । मैले ब्रम्हाण्डलाई धन्यवाद दिन्छुकी, मैले तपाईलाई जान्ने मौका पाए । तपाइँले मलाई एक परिवारको जस्तो महसुस गराउनु भयो । हामी सधै तपाईलाई सम्झिरहने छौं ।'

ऋषि कपुर अस्पताल भर्ना भएदेखि नै आलिया कपुर परिवारको साथमा रहेकी थिइन् । एक बर्षसम्म अमेरिकामा उपचाररत हुदा समेत आलिया उनलाई भेट्न अमेरिका समेत पुगेकी थिइन् ।
      

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै