• २०८१ बैशाख १६ आइतबार

समाज परिवर्तनमा युवा विद्यार्थीको भूमिका महत्वपूर्ण छ : मुख्यमन्त्री पौडेल

kharibot

फाइल तस्वीर

हेटौँडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले देशको राजनीतिक परिवर्तन र समाजका विकृति तथा विसङ्गति अन्त्यका लागि नेपाली विद्यार्थी र युवाले पुर्याएको योगदानको प्रशंसा गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भ्रातृ सङ्गठन अनेरास्ववियु तथा राष्ट्रिय युवा सङ्घ नेपालको स्थापना दिवसका अवसरमा आज एक सन्देश जारी गर्दै उनले सामाजिक तथा राजनीतिक अभियानमा अविचलित भई लाग्नसक्ने प्रेरणा प्राप्त होस् भन्ने कामना गरेका छन् ।

“नेपाली क्रान्तिमा ऊर्जा एवं राजनीतिमा चेतनावृद्धिको अद्भूत पाठशाला देशकै ठूलो विद्यार्थी सङ्गठन अनेरास्ववियुको ५५औँ स्थापना दिवस तथा बौद्धिक जुझारुपनसहितको युवाशक्ति निर्माणको बलियो आधारको रुपमा खडा भएर युवालाई एकीकृत बनाई राजनीतिक रुपमा सचेत गराउँदै सामाजिक एवं राजनीतिक विकृति र विसङ्गतिको अन्त्यका लागि क्रियाशील गराउँदै आएको राष्ट्रिय युवा सङ्घ, नेपालको स्थापना दिवसको उपलक्ष्यमा सम्पूर्ण युवा तथा विद्यार्थी भाइबहिनीमा हार्दिक शुभकामना व्यक्त गर्दछु”, मुख्यमन्त्री पौडेलद्वारा प्रकाशित सन्देशमा उल्लेख छ ।

“देशको राजनीतिक परिवर्तन तथा सामाजिक विकृति र विसङ्गति नियन्त्रणको अभियानमा यी दुबै सङ्गठनले दिएको योगदान अविस्मरणीय छ” उनले सन्देशमा भनेका छन् , “आगामी दिनमा पनि यी सङ्गठनले विगतदेखि प्राप्त गरेको साख र गौरवलाई कायम राख्न सकुन् भन्ने कामना गर्दै सामाजिक तथा राजनीतिक अभियानमा अविचलित भई लाग्नसक्ने प्रेरणा प्राप्त होस् भन्ने कामना गर्दछु ।”

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय