मतदान केन्द्र नजिकै राखिएको बम निष्क्रिय गरियो

खरीबोट

फाइल तस्बिर

ad

मलेखु, धादिङ  । दक्षिणी धादिङको गजुरी गाउँपालिका वडा नं ५ स्थित गजुरी पीडामावि मतदान केन्द्र नजिकै आज सकेट बम फेला परेको छ । 

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले राखेको सो बम नेपाली सेनाले निष्क्रिय पारेको छ । 

मतदान केन्द्र नजिकै ३०० मिटर पर मानिस हिँड्ने बाटोमा बिहान बम भेटिएपछि प्रहरी र सेनालाई खबर गरिएको थियो । नेपाली सेनाको बम डिस्पोजल टोलीले बम निष्क्रिय पारेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामबहादुर केसीले जानकारी दिए । 

बम निष्क्रिय पारेपछि सो क्षेत्रमा सेना परिचालन गरिएको छ । यसैबीच मतदातालाई सुरक्षितरुपमा मतदान गर्न आउन र जिल्लाभर नै सुरक्षाको प्रत्याभूति गरिएकाले निर्धक्क मतदान गर्न आउन प्रमुख जिल्ला अधिकारी श्याम भण्डारीले आग्रह गरेका छन् । 

निर्वाचनको तयारी सकिएकाले मतदानपछि १२ मतदानस्थलका १७ मतदान केन्द्रका ५१ वटा मतपेटिका हेलिकप्टरबाट ढुवानी व्यवस्था मिलाइएको पनि भण्डारीले जानकारी दिए । 

यसैबीच निर्वाचन आयोगका आयुक्त इला शर्माले आज धादिङको अनुगमन गर्दै निर्वाचन तयारीबारे जानकारी लिए । 

सम्बन्धित समाचार

नेपाली फिल्म 'ग्याङस्टर ब्लुज' युट्युबमा रिलिज 

काठमाडौँ। नेपाली फिल्म 'ग्याङस्टर ब्लुज' मा युट्युबमा रिलिज गरिएको छ । आशिरमान देशराज जोशी, आना शर्मा, संयम पुरी रोजिना शाही, प्रमोद अग्रहरी, अनुपम शर्मा र रामबाबु गुरुङ लगायतको मुख्य अभिनय

अनिल गुरुङ थ्री स्टार क्लबमा अनुबन्ध

काठमाडौँ। नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान अनिल गुरुङलाई थ्री स्टार क्लब ललितपुरले क्लबमा अनुबन्ध गरेको छ ।  यही असोज १३ गतेदेखि शुरु हुने शहीद स्मारक ए डिभिजन प्रतियोगिताका लागि थ्रीस्टरले अनिललाई

कम बजेटमा बनेको स्त्री' को बक्स अफिसमा बम्पर कमाई, तेस्रो सातामा सय करोड क्लबमा 

मुम्बई।  बलिवुड फिल्म 'स्त्री' भारतीय बक्स अफिसमा शानदार व्यापार गर्दै सय करोड क्लबमा प्रवेश गरेको छ । करिब २५ करोड बजेटमा बनेको यो फिल्म यस बर्षको सुपरहिट फिल्म बनेको छ।  स्त्री

निर्मला हत्या प्रकरणमा पक्राउ परेका विष्टसहित बम दिदीबहिनी छुटे 

कञ्चनपुर । निर्मला पन्तको बलात्कार पछि हत्याको अभियोगमा पक्राउ गरेका दिलिप विष्ट आज छुटेका छन् ।  निर्मलाको भेजाइनल स्वाब (योनीमार्ग) मा रहेको डिएनएसँग विष्टको डिएनए नमिलेपछि जिल्ला अदालतले मंगलबार विष्टलाई रिहा