• २०८१ बैशाख १८ मंगलबार

भर्चुअल लडाईमा फस्यो टिक टक, घट्यो रेटिंग

kharibot

काठमाडौँ । शर्ट भिडियो मेकिंग प्लेटफर्म टिक टक विवादमा परेको छ । कोरोना महामारीका बिच झन् लोकप्रिय हुदै गएको टिकटकमा केहि विवादस्पद भिडियोहरु पोष्ट हुन थालेपछि टिकटकको विवादले ठुलो रूप लिएको छ ।

केहि समय अघि लोकप्रिय युट्युबर्सले टिक टक प्रयोगकर्तालाई निशाना बनाएर भिडियो बनाएपछि विश्वभर टिक टक भर्सेज युट्युबको संघर्ष शुरु भएको हो ।

दुवै पक्षकाले आफ्नो प्लेटफर्मका कन्टेन्ट राम्रो भएको बताउदै अघोषित युद्ध शुरु भएको थियो । यो प्रकरण बढ्दै गएपछि भारतका टप युट्युबर्स केरीमिनातीले टिक टकलाई निशाना बनाएर अपशब्दहरु प्रयोग भएको भिडियो युट्युबबाट हटाइएको थियो । २४ घण्टामै २३ मिलियनले हेरेको सो भिडियो भाइरल भएको थियो ।

युट्युबले आफ्नो प्लेटफर्मको गाइडलाइनको उलंघन भएको भन्दै भिडियो हटाएको थियो ।

त्यस्तै अहिले टिकटकले पनि कोरोना भाइरसलाई लिएर बनेका कैयौं विवादस्पद भिडियो हटाउने र प्रयोगकर्तालाई ब्लक गर्न थालेपछि लाखौ प्रयोगकर्ताले टिकटक छोडेको मिडिया रिपोर्ट बाहिर आएको छ ।

अहिले भइरहेको भर्चुअल लडाईमा टिक टकको रेटिंग र व्यापारमा असर पुगेको रिपोर्ट बाहिर आएको छ ।

अहिले प्ले स्टोरमा टिकटकको रेटिंग नै घटेको छ । यस आघ इ४.७ रेटिंग रहेको टिक टकको अहिले रेटिंग २ मात्र रहेको छ । यस अघि टिक टकको रेटिंग ५.८ थियो ।

अहिलेको भर्चुअल लडाई कँहा पुग्छ त्यो त भन्न सकिन्न तर अहिले कोरोना भाइरसका कारण चीनप्रति बढेको नकारात्मक धारणाका कारण पनि टिक टक प्रति मानिसहरु नकारात्मक भएको विश्लेषण समेत हुने गरेको देखिन्छ ।   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै