• २०८१ बैशाख १७ सोमबार

इटहरी उपमहानगरपालिकाका लेखा अधिकृत घुस लिएको आरोपमा पक्राउ

kharibot

इनरुवा । सुनसरीको इटहरी उपमहानगरपालिकाका लेखा अधिकृत विकास पोखरेल घुस रकमसहित आज  पक्राउ परेका छन् ।

लेखा अधिकृत पोखरेललाई ६५ हजार घुस लिएको अभियोगमा कार्यकक्षमै पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय इटहरीले जनाएको छ । 

इटहरी –६ घर भएका लेखा अधिकृत पोखरेलले लामो समयदेखि सेवाग्राहीसँग कमिसन लिने गरेको सूचनाका आधारमा आयोगले पोखरेलमाथि निगरानी गर्दै आएको  थियो । 

उनलाई इटहरी –६ स्थित बिपी चोकस्थित समिप होटलमा सेवाग्राहीसँग रकम लिँदै गरेको आरोपमा पक्राउ गरिएको  आयोग इटहरीले जनाएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै