• २०८१ बैशाख १७ सोमबार

काठमाडौँको सीतापाइलामा युवतीमाथि तेजाव आक्रमण

kharibot

प्रतिनिधि तस्वीर

काठमाडौं । काठमाडौँको सीतापाइलामा एक युवतीमाथि तेजावले आक्रमण गरिएको छ ।

बिहीबार साँझ सीतापाइलामा ओखलढुंगा घर भएकी २२ वर्षीया युवतीमाथि एक युवकले तेजाव हानेको महानगरीय प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ ।

सामान किन्‍न बाहिर निस्किएको अवस्थामा उनको अनुहारमा तेजाव हानिएको बताइएको छ । तेजावले अनुहार जलेको अवस्थामा उनलाई तत्कालै कीर्तिपुर अस्पतालमा लगिएको प्रहरीले बताएको छ ।

प्रहरीले तेजाव हान्ने युवकको खोजी गरिरहेको बताएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै