• २०८१ बैशाख २१ शुक्रबार

माछापुच्छ्रे बैंक लिमिटेड र कर्मचारी सञ्चय कोष बिच सम्झौता

kharibot

काठमाडौँ । माछापुच्छ्रे  बैंक लिमिटेड  र कर्मचारी सञ्चय कोष बिच सम्झौता भएको छ ।  कर्मचारी सञ्चय कोषका ऋणीहरुले लिएको ऋणको सावा तथा व्याज कनेक्ट आइपिएस मार्फत भुक्तानी गर्न सक्ने गरि सहमति भएको छ । 

अब कर्मचारी सञ्चय कोषबाट कर्जा लिएका ऋणीहरूले साँवा र ब्याजसहितको किस्ता रकम बिद्युतिय माध्यमबाट सजिलै भुक्तानी गर्न सक्ने छन् । 

उक्त समारोहमा  माछापुच्छ्रे  बैंक लि. का नायब महाप्रबन्धक श्री विश्वम्भर न्यौपाने तथा कर्मचारी सञ्चय कोषको तर्फबाट चिफ म्यानेजर अर्जुन कुमार गौतमले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्  । 

अब जुनसुकै बैंक तथा वित्तीय संस्थाहरूमा खाता भएका कर्मचारी सञ्चय कोषका ऋणीहरूले कनेक्ट आइपिएस अनलाईन पोर्टलमा लग इन गरे पश्चात् गभरमेन्ट पेमेन्ट अन्र्तगत कर्मचारी संचयकोषको आइकनमा क्लिक गरी भुक्तानी प्रक्रिया सुरु गर्न सक्नेछन् । 

नयाँ व्यवस्था अनुसार बैंक नपुगिकन जुनसुकै ठाउँबाट विद्युतीय माध्यमबाट उक्त किस्ता रकम सजिलै भुक्तानी गर्न सकिने छ । 

देशको पुर्व देखि पश्चिम साथै हिमाल देखि पहाड, र तराई सम्म माछापुच्छ्रे  बैंक लिमिटेडले  आफ्ना १५९ वटा शाखाहरु, १३४ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा २९३ स्थानमा रहेका सेवा सञ्जाल तथा १९८ वटा एटीएमहरु तथा १ हजार भन्दा बढी पिओएस (POS Machine) मार्फत बाट ग्राहकहरुलाई  सम्पुर्ण बैंकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ । 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै