• २०८१ बैशाख २० बिहीबार

बुटवल-पाल्पा सिद्धार्थ राजमार्ग भासियो, ठूला सवारी सञ्चालनमा रोक

kharibot

बुटवल । लगातारको वर्षाले सिद्धार्थ राजमार्ग भासिएको छ ।

बुटवल-पाल्पा सडकखण्डअन्तर्गत तिनाउ गाउँपालिका ३ स्थित झुम्सा र पानी मिलको बीचमा पर्ने राजमार्ग भासिएको हो । पिच सडक चिराचिरा परेर भासिएपछि जिल्ला प्रहरी कार्यालय पाल्पाले ठूला सवारी साधन आवतजावत गर्न सक्ने अवस्था नरहेको बताएको छ ।

जिल्ला प्रहरी कार्यलय पाल्पाले भनेको छ-'सिद्दार्थ राजमार्ग स्थित बुटवल देखी तानसेन सडक खण्डमा निरन्तर परिरहेको बर्षाको कारणले बिभिन्न स्थानहरुमा पहिरो आई सडक भासिएको तथा सडक जोखिमपुर्ण अवस्थामा रहेको हुदा हुन सक्ने सम्भावित दुर्घटनालाई मध्यनजर गरी ठुला सवारी साधनहरु आवत जावत नगर्न / नगराउन हुन बिनम्र अनुरोध गर्दछौ !'

अर्को सूचना जारी नहुँदासम्मका लागि शनिबार दिउँसोदेखि ठूला सवारी सञ्चालनमा रोक लगाइएको छ । मालबाहक ट्रक, बससहितका ठूला सवारी साधनलाई यो सडकखण्ड हुँदै आवतजावत गर्न रोक लगाइएको हो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै