• २०८१ जेठ २ बुधबार

‘छन्छन् काँचको चुरा’ तीज गीत बजारमा

kharibot

प्रतिनिधि तस्वीर

गण्डकी । गायिका सावित्री गिरीको ‘छन्छन् काँचको चुरा’ म्युजिक भिडियोसहितको तीज गीत बजारमा आएको छ ।

दर्जनौं गीतको रचनाका साथै गायन क्षेत्रमा क्रियाशील गायिका गिरीले ‘छमछम काँचको चुरा, चुलठी धागोले जेलेको, सम्झना माया र माइतीको झझल्को सै साथी खेलेको’ भाकाको गीत बजारमा ल्याएकी हुन् ।

महेन्द्र गिरीको निर्माण र सावित्रीको प्रस्तुति रहेको गीतमा शब्द तथा लयमा कविराज खनाल, छायाङ्कनमा प्रदीपकुमार नापित, नृत्य निर्देशनमा प्रिती गुरुङ र अभिनयमा प्रार्थना श्रेष्ठ रहेका छन् । पुकार श्रेष्ठको निर्देशनमा रहेको गीतमा सरगम सांस्कृतिक कला केन्द्रका कलाकारको साथ छ ।

म्युजिक भिडियोको वरिष्ठ लोकगायिका हरिदेवी कोइरालाले शनिबार विमोचन गरिन् । कोइरालाले तीज गीतको आफ्नै मौलिकता भएको उल्लेख गर्दै परिवार, समाज र देशमा भएका वास्तविक घटनालाई तीज गीतमा समेटिनुपर्ने बताइन् । चेलीका दुःखसुख लगायत जीवनका भोगाइलाई समेटेर तीजका गीत बनाइने उनले बताइन् ।

कलासाहित्यको संरक्षणबाट हाम्रा चालचलन र संस्कृतको पनि जगेर्ना हुने उल्लेख गर्दै उनले तीजको नाममा मौलिकता हराउने गरी भित्रिएका विकृति र विसङ्गति अन्त्य हुनुपर्ने धारणा राखिन् । गायिका गिरीले आफूले छिट्टै तीजको भाकाको कोरोना भाइरसको अर्को गीत पनि बजारमा ल्याउन लागेको जानकारी दिए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै