• २०८१ बैशाख २३ आइतबार

'विप्लब' समुहका जिल्ला सेक्रेटरीसहित तीन कार्यकर्ता पक्राउ

kharibot

प्रतिनिधी तस्वीर

वीरेन्द्रनगर । कर्णालीमा नेत्र विक्रम चन्द 'विप्लब' नेतृत्वका जिल्ला सेक्रेटरीसहित तीन जना कार्यकर्ता पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको टोलीले चन्दका नेता तथा कार्यकर्तालाई पक्राउ गरेको हो । मुगुका सोरु गाउँपालिका¬–६ का जिल्ला सेक्रेटरी उदय भनिने राजबहादुर भाम र कार्यकर्ताहरु जुम्लाको हिमा गाउँपालिकाका नन्दबहादुर तिरुवा र सपना बुढा पक्राउ परेको प्रदेश प्रहरी कार्यालयका वरिष्ठ उपरीक्षक राजेशनाथ बाँस्तोलाले जानकारी दिए ।

उनका अनुसार पक्राउ परेका चन्दका नेता कार्यकर्ताबाट चन्दा असुल गरेका ठेलीसँगै विभिन्न जनप्रतिनिधिको नामावली, सदस्यता फारम, पार्टीका किताब समेत बरामद गरिएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय