• २०८१ बैशाख २० बिहीबार

‘विप्लब’ समुहका नेता पुन र कुमाल रिहा

kharibot

सुदूरपश्चिम । नेपाल सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीचको तीन बुँदे सहमति सार्वजनिकसँगै आज सो पार्टीका नेता ओमप्रकाश पुन र विवेक कुमाल कैलाली कारागारवाट रिहा भएकाछन् । 

सो पार्टीको पूर्वसेती महाकाली ब्यूरो इन्चार्ज समेत पुन गत साउनमा पक्राउ परेका थिए । कारागारबाट रिहापछि उनले आफूहरुको राजनीतिक कार्यसूचि परिवर्तन नहुने र अब नेपालमा नयाँ राजनीतिक कोर्ष अगाडि बढ्ने प्रतिक्रिया दिए । 

नेता पुनलाई हात हतियार सम्बन्धी र कुमाललाई सङ्गठित अपराधसम्बन्धी मुद्दा लगाइएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै