• २०८१ बैशाख २० बिहीबार

'विप्लब'का दाजु चन्द्रबहादुर थुना मुक्त

kharibot

फाइल तस्वीर

चितवन । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दका दाजु चन्द्रबहादुर थुनामुक्त भएका छन् । जिल्ला अदालत नवलपरासीको आदेशमा उनलाई कारागारमुक्त गरिएको चितवन कारागारका प्रमुख कमलप्रसाद काफ्लेले जानकारी दिए । 

उनलाई आज नै जिल्ला अदालत पश्चिम नवलपरासी समक्ष बुझाइएको थियो । “हाम्रा साथीले उहाँलाई नवलपरासी (सुस्ता पश्चिम) को अदालतमा छाडेर आउनुभयो, त्यहाँबाट उहाँ रिहा हुनुभयो”, काफ्लेले भने ।

पहिला रु २५ हजार धरौटी बुझाएर छुट्न नमानेकामा अहिले सोही धरौटीमा रिहा भएको कारागारका प्रमुख काफ्लेले बताए । स्वास्थ्यमा समस्या देखिएपछि भरतपुरमा उपचारका लागि भनेर उनलाई विसं २०७७ असोज २८ गते चितवन कारागार ल्याइएको थियो । अघिल्लो पटक कोभिड भई कमजोर बनेका उनलाई घाँटी र पेटमा समस्या देखिएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै