काठमाडौँ । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत युएईविरुद्ध खेलिरहेको नेपालका ज्ञानेन्द्र मल्ल र शरद भेस्वाकरले अर्ध शतक हानेका छन् ।
च्याम्पियनसिप अन्तर्गतको पहिलो खेलमा नेपालले टस हरेर पहिला ब्याटिंग गरिरहेको छ । ओपनरका रुपमा आएका ज्ञानेन्द्र मल्लले नेपाललाई राम्रो सुरवात दिलाउदै ८३ बल खेलेर ५४ रन बनाउदै आउट भएका छन् । ज्ञानेन्द्रले आफ्नो इनिंगमा ६ चौका हानेका थिए ।
त्यस्तै अर्का ब्याट्सम्यान शरद भेस्वाकरले नटआउट ८१ रन बनाएका छन् । आफ्नो इनिंगमा भेस्वाकरले पाँचका हानेका थिए । नेपालले युएईलाई २२२ रनको लक्ष्य दिएको छ ।
युएईविरुद्धको खेलमा नेपालका तर्फबाट पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल (उपकप्तान), शक्ति गौचन, बसन्त रेग्मी, शरद भेस्वाकर, बिनोद भण्डारी, सोमपाल कामि, मोहमद असिफ शेख, सन्दीप लामिछाने, दिलिप नाथ र ललित भण्डारी खेल्दै छन् ।
डब्लुसिएलको अन्तिम चारमा पर्न नसकेर नेपाल र युएई दुवै डिभिजन–२ मा झरिसकेका छन् । अन्तिम चरणलाई दुवै टिमले डिभिजन–२ को तयारीका रुपमा लिएका छन् ।