• २०८१ बैशाख २१ शुक्रबार

क्रिस गेलको कोरोना रिपोर्ट निगेटिभ, आइपिएल खेल्ने बाटो खुल्यो

kharibot

काठमाडौँ । वेस्टइन्डिजका क्रिकेटर क्रिस कलको कोरोना रिपोर्ट परिक्षण निगेटिभ आएपछि आइपिएल खेल्ने बाटो खुलेको छ ।

गेलले पूर्व ओलम्पियन उसेन बोल्टको जन्मदिनको पार्टीमा संलग्न भएका बोल्ट कोरोना संक्रमित भएपछि कोरोना परिक्षण गराएका हुन् ।

बोल्टले २१ अगस्तमा दिएको जन्मदिनको पार्टीमा गेलसहित म्यानचेस्टर सिटीका फुटबलर रहीम स्टरलिंग लगायत उच्च प्रोफाइलका व्यक्ति संलग्न रहेको बताइएको छ ।

निजी कारणले हाल वेस्टइन्डिजमा जारी क्यारेबियन प्रिमियर लिग नखेलेका गेल युएईमा हुने आइपिएलमा भने किंग्स इलेभेन पंजावबाट खेल्ने भएका छन् ।

गेलले युएईका लागि उड्नु अघि स्वाब परिक्षण गरेको तस्वीर सामाजिक संजालआमा पोष्ट गरेका छन् । उनको युएईको विमानस्थलमा समेत कोरोना परिक्षण हुने छ भने ६ दिनका लागि क्वारेन्टाइनमा बस्नु पर्ने छ । यस बीचमा तीन पटक कोरोना टेस्ट हुने प्रोटोकल आइपिएलले बनाएको छ ।

४० बर्षिय गेल टी-२० क्रिकेटमा सर्बाधिक रन बनाउने खेलाडी हुन् ।

यस सिजनको आइपिएल सेप्टेम्बर १९ देखि नोभेम्बर १० सम्म हुदै छ । आइपिएलका खेल युएईका तीन शहर आबुधाबी, शारजाह र दुबईमा खेलिने भएको छ । त्यस्तै आइपिएल ५३ सम्म खेलिने छ ।

त्यस्तै यस पटक एक दिनमा २ खेल खेलिने बोर्डले निर्णय गरेको छ । त्यस्तै पहिलो खेल नेपाली समय अनुसार दिउसो ३:४५ खेलिने भएको छ भने दोस्रो खेल राति ७:४५ बजे खेलिने छ ।    

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै