• २०८१ बैशाख १७ सोमबार

नयाँ हुण्डाई औरा नेपाली बजारमा

kharibot

काठमाडौँ । नेपालको लागि हुण्डाई मोर्टसको एक मात्र आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नयाँ हुण्डाई औरा नेपालमा सार्वजनिक गरेको छ ।

यस नयाँ स्टाइलिश सेडान आफ्नो सेगमेंटमा सबैभन्दा शक्तीशाली र सुबिधा युक्त ट्रेन्डसेटरको रूपमा स्थापित हुन तयार रहेको छ ।  नयाँ हुण्डाई औराको अनावरण कार्यक्रममा लक्ष्मी इन्टरकन्टिनेन्टलका महाप्रबन्धक रूपेश शर्मा भट्टले भने, 'सेडान गाडीहरु नेपाली बजारमा लोकप्रिय छन् र येहि समयमा बजारलाई एक स्टाइलिश, विलासी र आरामदायी सेडान प्रदान गर्नु हुण्डाइको लागि अटोमोबाईल उद्योगमा नयाँ तथा उल्लेखनीय स्तर सेट गर्न सही कदम हुनेछ ।

यस ब्रान्डले ग्राहकहरुबाट उल्लेखनीय प्रशंसा प्राप्त गर्न को लागी सक्षम भएको छ र हामी निश्चित छौं, यस नयाँ हुण्डाई औराले पनि यस लेगसीलाई जारी राख्नेछ र सबै ग्राहकहरूलाई आधुनिक र प्रीमियम अनुभव प्रदान गर्नेछ ।'

नयाँ हुण्डाई औरा एक आकर्षक सेडानको निम्ती विकसित गरीएको हो ,जुन हृदयबाट जवान रहेका ग्राहकहरुको लागि लक्षित गरी बनाइएको छ । यस गाडीको डिजाईन एक उत्कृष्ट नमुना बनेको छ जस्ले आधुनिक र प्रभावशाली डिजाईनको साथै हुण्डाईको उत्कृष्ट डिजाईन भाषा 'सेन्सियस स्पोर्टनेस’ मा बनेको छ । साइड प्रोफाइलले यसको कोप जस्तो स्टाईल र विलासी भोल्युमद्वारा युनिक स्पोर्टइनेस दर्साएको छ ।

यसको ट्रंक कभरमा रहेको क्रोम स्ट्रिपको गार्निश र ग्लोसी कालो र्यापले यसलाई आफ्नो सेग्मेन्तको सबैभन्दा स्टाइलिस सेडान बनाएको छ ।

नयाँ हुँण्डाई औराको उत्कृष्ट ड्राइभिङ परफोरमेन्स र गतिशीलताले ड्राइभरलाई आनन्द प्रदान गर्नेछ ।  यस गाडीले विभिन्न कुशल र उन्नत पावरट्रेंसको छनौट प्रदान गर्दछ । यस्को प्रमाणित १।२ एल कप्पा डुअल भिटीभिटी पेट्रोल ले ६ हजारको आरपीएमको ८३ पीएस पावर र ४ हजार आरपीएमको ११।६ केजीएम टोरक्वी उत्पन्न गरी ईन्धनको दक्षता सुधार गर्दछ ।

हुँण्डाईले आजको बजारको आवश्यकतालाई अनुकूल गर्दै विभिन्न उत्पादनहरु प्रदान गर्दै आएका छन जुन हुँण्डाई औराको आराम्दायी सुबिधामा देख्न सकिन्छ । यो वास्तवमै स्टाईल, अनुपात, वास्तुकला र टेक्नोलोजीको सबैभन्दा उत्तम मिश्रण बनेको छ ।

यस्का साथै, यो एकीकृत रुपमा बलियो शरीर संरचनामा निर्मित रहेको ६५ प्रतिशत एडभान्स हाइ स्ट्रेन्थ स्टील एपलीकेसन भएको गाडी हो जस्ले उच्च शक्तिसंग हल्का शरीरको वजन सुनिश्चित गर्दछ । यसको  संरचना उन्नत रिंग स्ट्रक्चर एपलीकेसोनका साथ सुसज्जित छ जसले उत्कृष्ट सुरक्षाको लागि स्थिरताका साथै गतिशीलतालाई अनुमति दिन्छ, तनावमुक्त ड्राइभिंग र उत्तम क्र्यास ऊर्जा शोषणको लागि उत्तम सक्रिय र निष्क्रिय सुरक्षा प्रदान गर्न उन्नत सुरक्षा प्रणालीको साथ उपलब्ध छ ।

हुँण्डाई औरा ‘एस’ भेरियन्टको ११९७ सिसिमा मात्र उपलब्ध हुनेछ । यस गाडी चार विभिन्न कलर भेरियन्ट, फिएरी रेड, टाइटन गरे, टाइफुन  सिल्भर र पोलार ह्वाइट उपलब्ध छ जसको सुरुवाती मुल्य ३३ लाख ९६ हजार रहेको छ ।    

नेपाली ग्राहकको लागी हुण्डाइ सबैभन्दा बढी रुचाइएको गाडी हुन सफल भएको छ । हुण्डाइले सदैब आफ्ना ग्राहकहरुलाई उच्चस्तरीय प्रिमियम उत्पादनहरुका साथै उत्कृष्ट सर्भिसको अनुभव प्रदान गर्दै आइरहेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै