• २०८१ बैशाख २५ मंगलबार

सिटी एक्सप्रेस मनी ट्रान्स्फरले ल्यायो 'गलबन्दी टिक–टक च्यालेन्ज'

kharibot

काठमाडौँ । सिटी एक्सप्रेस मनी ट्रान्स्फरले देश बिदेशमा रहनु भएका टिक–टक प्रयोगकर्ताहरुका लागी 'सिटी एक्सप्रेस गलबन्दी टिक–टक च्यालेन्ज' को घोषणा गरेको छ ।

लोकप्रिय गायक प्रकाश सपुतको निकै चर्चित रहन सफल 'गलबन्दी' गीतको मुख्य प्रायोजक रहेको सिटी एक्सप्रेसले फेरी सोही गीत स्मरण गराउदै सिटी एक्सप्रेस गलबन्दी टिक–टक च्यालेन्जको आयोजना गरेको छ ।

सो च्यालेन्जमा सहभागी हुने मध्ये प्रथम , द्वितिय  तथा तृतिय उत्कृष्ट भिडियोले क्रमश रु १५००० , रु १००००, र रु ५००० नगद पुरस्कार पाउने छ । साथै छनोटमा परेका उत्कृष्ट १० भिडियोलाई रु ५०० बराबरको मोबाईल टप अप प्रदान गरिनेछ । भिडियो यही असोज १४ गते सम्म पोस्ट गरी सक्नु पर्नेछ जस्को नतिजा असोज २० गते प्रकाशन गरिनेछ । 

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १४ वर्ष देखि कोरिया, जापान, साउदी, कतार, कुवेत, मलेशिया , अष्ट्रेलिया,  लगायत संसार भरबाट  विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ ।

आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १०,००० भन्दा बढि भुक्तानी केन्द्रहरु मार्फत छिटो, सहज र सुरक्ष्ति तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै