• २०८३ मङ्सिर १ मंगलबार

अर्नब गोश्वामीले पैसा दिएर रिपब्लिक टिभीको रेटिंग बढाएको आरोप !

अर्नब गोश्वामीले पैसा दिएर रिपब्लिक टिभीको रेटिंग बढाएको आरोप !

काठमाडौँ । भारतमा टेलिभिजहरुले टेलिभिजन रेटिंग पोइन्ट (टीआरपी) किनेर आफ्नो रेटिंग धेरै देखाएको खुलासा भएको छ । मुम्बई प्रहरीले यस बारेमा खुलासा गर्दै दुई जनालाई गिरफ्तार समेत गरेको छ ।

टीआरपी किन्ने च्यानलमा चर्चित पत्रकार अर्नब गोश्वामीको रिपब्लिक टिभी समेत रहेको मुम्बई प्रहरीले खुलासा गरेको छ ।

मुम्बई प्रहरीका कमिश्नर परमबीर सिंहले तीन टिभी च्यानलले रकम दिएर आफ्नो टीआरपी रेटिंग बढाएको बताउदै कानुनी कारवाही गर्ने बताएका छन् ।

कमिश्नर सिंहले दुई मराठी च्यानलसहित रिपब्लिक टिभी यसमा सामेल रहेको बताएका छन् ।

प्रहरीले मराठी च्यानलका दुई जना मालिकलाई गिरफ्तार गरेको मिडिया रिपोर्टमा बताइएको छ ।

प्रहरीले विज्ञापन बजारलाई प्रभावित गर्न टीआरपी किनेको आरोप लगाएको छ । रिपब्लिक टिभीका प्रमुख अर्नब गोश्वामीसहित अन्य मालिकलाई बयानका लागि बोलाउने प्रहरीले जनाएको छ । 

टीआरपीमा अनुगमन गर्न प्रहरीले मुम्बईमा मात्र २ हजार व्यरोमिटर लगाएर अनुगमन गरेको बताएको छ । जसअनुसार मानिसहरुलाई कुनै खास च्यानल मात्र लगाएर राख्न भन्दै पैसा दिइएको प्रहरीले बताएको छ ।

रिपब्लिक टिभीले यस बारेमा प्रतिक्रिया दिदै अभिनेता सुशान्त सिंह राजपुतको मृत्यु प्रकरणमा रिपब्लिक टिभीले मुम्बई प्रहरीमाथि प्रश्न उठाएकाले आफुहरुमाथि बदलाको कारवाही गरिएको जनाएको छ । साथै रिपब्लिक टिभीले मुम्बई प्रहरीविरुद्ध मानहानीको केस गर्ने बताएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै