• २०८१ बैशाख १७ सोमबार

बारामा वर्षैपिच्छे बलत्कारका घटना बढ्दै

kharibot

प्रतिनिधि तस्वीर

बारा । बारा जिल्लामा वर्षैपिच्छे बलत्कारका घटना बढ्दै गईरहेको छ । बाराको उत्तरी क्षेत्रमा भन्दा दक्षिणी क्षेत्रमा बलत्कारका घटना धेरै हुँने गरेको पाईएको छ ।

यस जिल्लमा पछिल्लो तीन वर्षमा ९० वटा बलत्कारका मुद्दा दर्ता भएका थिए । भने, यो आर्थिक वर्षमा ५ वटा मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय, कलैया बाराको तथ्याङ्कले देखाएको हो ।

गत आर्थिक वर्ष २०७४/७५ मा १३ वटा जबर्जस्ती करणी मुद्दा दर्ता भएको छ । जसमा १२ जना प्रक्राउ परेका छन् । भने तीन जना अझै फरार नैं रहेका छन् । 

त्यसैगरी आर्थिक वर्ष २०७५/७६ मा क्रम बढेर ३३ वटा जबर्जस्ती करणी मुद्दा दर्ता भएका छन् । जसमा २९ जना प्रक्राउ परेका छन् । भने १८ जना अझै फरार छन् । 

यस्तै आर्थिक वर्ष २०७६/७७ मा यो क्रम बढेर ४४ वटा जबर्जस्ती करणी मुद्दा दर्ता भएका छन् । जसमा ३१ प्रक्राउ परेका छन् । भने १५ जना फरार रहेका छन् । 

चालु आर्थिक वर्ष २०७७/७८ को असोज तेस्रो हप्ता सम्ममा बारामा ५ वटा जबर्जस्ती करणी मुद्दा दर्ता भएका छन् । जसमा ३ जना प्रक्राउ परेका छन् । भने २ जना फरार रहेको जिल्ला प्रहरी कार्यालय बाराको तथ्याङ्कले देखाएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक गौतम मिश्रले बताए ।

यो तथ्याङ्क बारा प्रहरी कार्यालयमा मुद्दा दर्ता भएका घटनाका आधारमा रहेको भएता पनि बाराको ग्रामिण क्षेत्रहरुमा बलत्कारका घटना घटे पनि त्यो घटना प्रहरी कार्यालय सम्म पुगेको पाईंदैन । 

ग्रामिण क्षेत्रहरुमा गाउँ स्तर मैं केही जनप्रतिनिधि , कथित भद्रभलादमीहरुको र पञ्चायती बाटै बसेर केही आर्थिक जरिवाना गरेर बलात्कारीलाई बचाउने गरेका छन् ।

यता बारा प्रहरीले समेत ग्रामिण क्षेत्रहरुमा गाउँ स्तर मैं केही जनप्रतिनिधि , कथित भद्रभलादमीहरुको र पञ्चायती बाटै बसेर मिलाउन खोजेको खबरका अधारमा समेत हत्क्षेप गरि मुद्दा दर्ता गर्ने गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक गौतम मिश्रले बताए ।

ग्रामिण क्षेत्रहरुमा गाउँ स्तर मैं केही जनप्रतिनिधि, कथित भद्रभलदमीहरुको र पञ्चायती बाटै बसेर बलात्कारीलाई बचाउँनेलाई समेत कारवाही गर्नु पर्ने महिला अधिकारकर्मी गीता कँडेलले बताईन् । 

बलत्कारका घटनाहरु दिनानुदिन बढ्दै जाँदा समाजमा महिला र पुरुष बिच दव्न्द सुरु भएकाले समाजमा नैं विकृतिको रूपमा उजागर हुन थालेको महसुस भएको एक अर्का महिला अधिकारकर्मी अनिता लम्सालले बताईन् । 

बलत्कारका घटनाहरु दिनानुदिन बढ्दै जाँदा समाजको विकृतिको रूपमा उजागर हुँन थालेको महसुस भएको छ । भने सभ्य समाज, अनुशासित नागरिक र व्यवस्थित सभ्यता यी समाज विकासका आधार हुन् ।

तर, पछिल्लो समय समाजमा विकृति बढ्दै जाँदा सभ्य समाज र मर्यादिदत पुरुष माथि नैं प्रश्न चिन्ह उठ्न थालेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै