• २०८१ बैशाख १७ सोमबार

भारतीय स्थल सेनाध्यक्ष नरावणे नेपाल आउदै, मानार्थ महारथी दर्जा प्रदान गरिदै

kharibot

भारतका स्थल सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरावणे

काठमाडौँ । विगतमा दुवै देशमा भएको बन्दाबन्दीका कारण स्थगित हुन गएको मित्रराष्ट्र भारतका स्थल सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरावणेको नेपाल भ्रमण यही कार्तिक महिनामा हुने भएको छ ।

नेपाली सेनाले दिएको जानकारी अनुसार नेपाल सरकार मन्त्रिपरिषदले २०७६ माघ २० गतेको निर्णय अनुसार नै स्थलसेनाध्यक्ष नरावण नेपाल आउन लागेका हुन् । 

यस भ्रमणकै अवसरमा राष्ट्रपति विद्या देवी भण्डारीद्धारा जनरल नरावणेलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने कार्यक्रम पनि रहेको नेपाली सेनाले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै