• २०८१ बैशाख २० बिहीबार

काँकडभिट्टा नाकाबाट चार महिलाको उद्धार

kharibot

झापा । माइती नेपालले विदेश जाने बहानामा अवैध रुपमा काँकडभिट्टा नाका पार गर्न खोज्ने चार महिलाको आज उद्धार गरेको छ ।

मानव बेचबिखनका जोखिमका रहेका कारण उद्धार गरिएका चार महिला खोटाङ, गुल्मी, सुनसरी र मोरङका छन् । शंकास्पद अवस्थामा नाकामा डुलिरहेको देखेपछि माइती नेपालका सीमा निगरानीकर्ताले उनीहरुलाई इलाका प्रहरी कार्यालयको सहयोगमा पछ्याएको माइती नेपालका पूर्वाञ्चल संयोजक गोविन्द घिमिरेले बताए । उद्धार गरिएका उनीहरुले आफूहरु वैदेशिक रोजगारीका लागि जान लागेको बताएका छन् । हाल माइती नेपालको पुनस्र्थापनागृहमा राखिएका उनीहरुलाई अनुसन्धान सकिएपछि अभिभावकको जिम्मा लगाइने घिमिरेले जानकारी दिए ।

कोरोना कहर र बडादशैँका बेला पनि मानव तस्करको गिरोहले नेपाली महिलालाई वैदेशिक रोजगारीको बहानामा अवैध रुपमा विदेश लैजाने गतिविधि गरिरहेको यो घटनाले देखाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै