• २०८१ बैशाख १६ आइतबार

भिटेन भन्छन् - 'आपत्तिजनक शब्द संशोधन गरेर भिडियो फेरी राख्छु'

kharibot

काठमाडौँ । चर्चित र्यापर भिटेन (समिर घिसिङ) ले आफ्नो नयाँ गीत 'पारा' का शब् परिवर्तन गरेर पुन: रिलिज गर्ने बताएका छन् ।

भिटेनले एक विज्ञप्ति जारी गर्दै कार्तिक ८ गते रिलिज गरिएको 'पारा' शीर्षकको गीतमा प्रयोग भएका शब्दहरुले कतिपय निकायप्रति ठेस पुग्न गएको गुनासो आएकोले शब्द परिवर्तन गर्न लागेको बताएका छन् ।

भिटेनले युटुबमा ट्रेडिङमा नम्बर एक मा रहेको गीतमाथि प्रहरीले छानबिन गर्ने भनेपछि युट्युबबाट हटाएका थिए ।

साथै भिटेनले सो गीतमा प्रयोग भएका शब्दहरुबाट पर्न गएको असुविधा तथा चोट प्रति माफी मागेका छन् । उनले भनेका छन्, सम्बन्धित निकायहरु तथा महानुभावहरुलाई उक्त म्युजिक भिडियोमा प्रयोग भएका केहि शब्दहरुबाट पर्न गएको असुबिधा तथा चोट प्रति क्षमयाचना गर्दछौं ।'

भिटेनको सो गीतलाई युट्युबमा पाँच दिनमा १० लाख भन्दा बढीले हेरेका थिए । 

अश्लिल गीत गाएको आरोपमा एक बर्ष अगाडी प्रहरीले पक्राउ गरेर अबदेखि यस्तो नगर्ने शर्तमा छुटेका भिटेनको यस गीतमा समेत कैयौं अश्लिल शब्दको प्रयोग गरेका थिए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय