काठमाडौँ । युनिभर्स बोसको नामले चर्चित क्रिस गेललाई राजस्थानविरुद्धको खेलमा ९९ रन बनाएर आउट हुदा ब्याट फालेको घटना महँगो परेको छ ।
आइपिएल गभर्निंग काउन्सिलले गेललाई खेलको नियम तोडेको भन्दै खेल फिसको १० प्रतिशत जरिवाना गरेको छ ।
गेलले ९९ रन बनाएर खेलिरहेका बेला जोफ्रा आर्चरको बलमा बोल्ड भएपछि रिसमा ब्याट जमिनमा फालेका थिए । तर उनी तुरुन्त सम्हालिदै आर्चरसँग हात मिलाएका थिए ।
आइपिएल आयोजकले सो घटना उल्लेख नगरी गेलले खेलको नियम तोडेको भन्दै उनको खेल फिसको १० प्रतिशत जरिवाना गरेको जानकारी गराएको छ ।
४१ बर्षिय गेल दुर्भाग्यपूर्ण रुपमा ९९ मा आउट भएको सो खेलमा पञ्जाबलाई राजस्थानले पराजित गरेको थियो ।