• २०८१ बैशाख २० बिहीबार

अवैध रुपमा भित्र्याइने पटाका रोक्न सीमामा प्रहरी परिचालन

kharibot

फाइल तस्वीर

महेन्द्रनगर । तिहारका लागि भारतबाट लुकिछिपी अवैध रुपमा पटाका लगायत विष्फोटक पदार्थ भित्र्याउन नदिन कञ्चनपुर प्रहरीले तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले तिहार र छठ पर्वमा भारतीय बजारबाट पटाका ल्याउन नदिन र सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर धनगढीबाट तालिमप्राप्त कुकुर मगाएर सीमा, बजार र बसपार्क क्षेत्रमा खटाइएको जानकारी दिए । “सीमाबाट पटाकाहरु भित्रिने सम्भावना रहने हुँदा हामीले हरेक दिन बिहान, दिउँसो र साँझ गरेर विभिन्न समयमा कुकुर परिचालन गरी जाँच गर्छौ”, प्रवक्ता थापाले भने, “ गड्डाचौकीनाकादेखि पूर्वी डोकेबजार सीमानाकासम्म परिचालन गरी कडाइ गर्छौ ।”

भारतसित सीमाना जोडिएको कञ्चनपुरमा चाडपर्वमा शान्ति सुरक्षा कायम गर्न प्रहरीले यहाँ सीमामा पहिलो पटक तालिम प्राप्त कुकुरसहितको जनशक्ति परिचालन गरेको हो । यात्रुहरुलाई मात्रै नभई सवारीसाधनमा पनि कुकुरको सहायताले प्रहरीले जाँच गर्नेछ”, उनले भने, “ चाडपर्व लक्षित सुरक्षा योजना समेत बनाएर ग्रामीण र सीमानाकासम्म प्रहरी खटिएको छ ।” जिल्ला प्रहरी कार्यालयको टोलीले एक साताअघि महेन्द्रनगर बजार क्षेत्रबाट रु डेढ लाख बराबरको ६ बोरा पटाका बरामद गरेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै