• २०८१ बैशाख १५ शनिबार

मन्त्री भट्टराईद्वारा ताप्लेजुङको सिँवा माध्यमिक विद्यालयमा आइसिटी केन्द्रको उद्घाटन

kharibot

ताप्लेजुङ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–३ स्थित सिँवा माध्यमिक विद्यालयमा स्थापित आइसिटी केन्द्रको आज बिहान उद्घाटन गरेका छन् ।

मन्त्री भट्टराईकै पहलमा करिब रु एक करोड बराबरका प्रविधिमैत्री शैक्षिक सामग्री विद्यालयले प्राप्त गरेको थियो । २४ वटा कम्प्युटर, प्रिन्टर, इन्टरनेट लगायतको व्यवस्थापनसँगै उक्त विद्यालयमा सूचना प्रविधि कक्षको स्थापना गरिएको विद्यालयले जनाएको छ ।

मन्त्री भट्टराईसमक्ष एउटा छात्रावास, विज्ञान प्रयोगशाला भवन र विद्यालय संरक्षणका लागि घेराबारा लगायतका लागि पहल गरिदिन विद्यालयले अनुरोध समेत गरेको छ ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै