• २०८१ बैशाख २० बिहीबार

जो बाइडेन : ओबामाका साथीदेखि राष्ट्रपतिसम्म

kharibot

काठमाडौँ । अमेरिकी राष्ट्रपति चुनावमा जित दर्ता गर्ने जो बाइडेन पूर्व राष्ट्रपति बराक ओबामाको कार्यकालमा उप-राष्ट्रपति थिए । ७७ वर्षीय जो बाइडेन पहिला पनि राष्ट्रपति पदको उम्मेदवारी दौडमा दुई पटक सहभागी भइसकेका छन्, पहिलो पटक सन् १९८८ मा र दोश्रो पटक सन् २००८ मा ।

पहिलो पटक सन् १९८८ मा उनले राष्ट्रपति पदको उमेद्वारी पदबाट आफै बाहिरिएका थिए । उनी आफुले ब्रिटिश लेबर पार्टीको नेता निल किनाकको भाषण नक्कल गरेको बताउदै बाहिरिए ।

वास्तवमा सन् १९८७ मा जब बाइडेन राष्ट्रपति चुनावमा उम्मेदवार बन्नको लागि पहिलो पटक प्रयास गरेका थिए तब उनले चुनावी सभामा दावा गर्न शुरुवात गरे । उनले भने, 'मेरो पुर्खा उत्तरी पश्चिमी पेन्सलभेनिया स्थित कोईला खानीमा काम गर्दथे ।'

बाइडेनले भाषणमा आफ्नो पुर्खाहरुलाई जीवनमा अगाडी बढ्ने अवसर नमिलेको र उनीहरुले पाउनुपर्ने हक प्राप्त नभएको र उनीहरु यस विषयमा चुपलागेर बसेको बताएका थिए ।

तर वास्तवमा बाइडेनका पुर्खाहरु कसैले पनि कोइलाखानीमा काम गरेका थिएनन् । बाइडेनले उक्त कुरा निल किनाकको भाषण नक्कल गर्ने क्रममा भनेका थिए । निल किनाकका पुर्खा कोइलाखानीमा कम गर्ने मजदुर थिए ।

त्यसपछि उनी सन् २००८ मा डेमोक्रेटिक पार्टीको तर्फबाट राष्ट्रपति पदको उम्मेदवारको दौडमा सहभागी भए तर त्यस समयमा बराक ओबामा पार्टीको तर्फबाट उम्मेदवार बनेका थिए ।

तब उनलाई उप-राष्ट्रपतिको रुपमा छनौट गरियो, अमेरिकी विदेश नीतिमा राम्रो पकड भएको कारण उनलाई बराक ओबामाले उप-राष्ट्रपति पदको लागि निर्णय गरेका थिए ।

बराक ओबामाले आफ्नो जीतको अवसरमा दिएको भाषणमा बाइडेनको प्रशंसा गर्दै भनेका थिए, 'यस यात्रामा मेरो सहयोगीले हृदयदेखि नै मेरो साथ दिएका छन् ।'

बराक ओबामा पछि उनलाई, 'अमेरिकालाई प्राप्त भएको अहिले सम्मको सबै भन्दा उत्कृष्ट उप-राष्ट्रपति' भनेका थिए ।

बाइडेन एफोर्डेबल केयर एक्ट, आर्थिक प्रोत्साहन प्याकेज र वित्तीय उद्योग सुधार जस्तो ओबामाको निर्णयका कडा समर्थक रहेका छन् । जो बाइडन डेलावर प्रान्तबाट छ पटक सांसद रहेका छन् । सन् १९७२ मा उनी पहिलो पटक उक्त ठाउँबाट सांसदको रुपमा विजयी भएका थिए ।

त्यस समयमा उनी सबैभन्दा कम उमेरका सांसद थिए, उनी ३० वर्षका थिए । अहिले उनी अमेरिकाको सबै भन्दा अधिक उमेरमा राष्ट्रपति बन्ने व्यक्ति भएका छन् ।

प्रारम्भिक जीवन

जो बाइडेनको जन्म पेन्सलभेनियाको स्क्रनटनमा सन् १९४२ मा एक आइरिश-क्याथोलिक परिवारमा भएको थियो उनको उनी बाहेक परिवारमा तीन भाइ-बहिनी पनि रहेका छन् । उनको परिवार पछि पेन्सिल्भेनिया छोडेर अमेरिकाको उत्तरी-पूर्वी राज्य डेलावर गएका थिए ।
त्यहाँ विद्यालय पछि बाइडेनले डेलावर विश्वविद्यालय र सनराइज ल स्कुल बाट आफ्नो पढाई पुरा गरे ।    

आफ्नो राजनीतिक करियरको शुरुवातमा उनले अमेरिकी बालबालिका बीच जातीय भेदभाव कम गर्नको लागि एक साथ पढाई गर्ने विषयको विरोध गर्ने समूहको समर्थन गरेका थिए । तब दक्षिणको अमेरिकी राज्य यस विषयको विरुद्धमा थियो ।

यस पटकको चुनाव अभियानको क्रममा बाइडेनलाई उनको स्ट्याण्डको लागि पटक-पटक लक्षित गरियो । उनी सन् १९९४ मा ल्याइएको अपराध रोक्ने कानुनको पनि कडा समर्थक रहेका छन् ।

उक्त बिलका आलोचकहरुको अनुसार, यसको कारणले ठुलो मात्रामा लामो सजाय र पक्राउ गरी हिरासतमा राख्नेहरुलाई सजिलो भएको छ ।

जो बाइडेनको यस विशेष प्रकारको बानीले, उनको कारण थुप्रै पटक पार्टीलाई अप्ठ्यारो स्थितिको सामना गर्नुपरेको छ ।

सन् २०१२ मा जब उनले खुलेर समलैंगिक विवाहको समर्थन गरेका थिए तब उनी निकै प्रख्यात भएका थिए । त्यस समयका राष्ट्रपति बराक ओबामाले वेवास्ता गरेको देखिएको थियो, उनले खुलेर यस विषयमा आफ्नो विचार राखेका थिएनन् ।
बाइडेनको समर्थनको केही दिन पछि अन्त्यमा ओबामाले समलैंगिकताको पक्षमा बयान दिएका थिए । 

परिवार

जो बाइडेन सन् १९७२ मा पहिलोपटक अमेरिकी संसदको सीनेट चुनावमा विजयी भएर शपथ लिने तयारी गर्दै थिए तब उनको श्रीमती निलिया र छोरी नाओमीको एक कार दुर्घटनामा मृत्यु भयो । उक्त दुर्घटनामा उनका दुवै छोरा ब्यु र हन्टर पनि घाइते भएका थिए । सन् २०१५ मा ब्रेन ट्युमरको कारण ब्यु को ४६ वर्षको उमेरमा मृत्यु भयो ।

कम उमेरमा आफ्नो सबैभन्दा प्रिय मिनसहरुलाई गुमाउनु परेको कारण आज बाइडेनसंग थुप्रै अमेरिकी मानिस जोडिएको अनुभव गर्दछन् ।

मानिसहरुलाई लाग्दछ कि यति ठुलो राजनीतिक हस्ती भए पनि र सत्ताको यति धेरै नजिक भएपनि बाइडेनले यस्तो पिडा भोगेका छन् जुन सामान्य मानिसलाई भोग्नु पर्दछ ।  तर बाइडेनको परिवारको एक भागको कथा भिन्न छ, विशेषगरी उनको दोश्रो छोरा हन्टरको जीवन ।

जो बाइडेनका दोश्रो छोरा हन्टरले वकालतको पढाई पुरा गर्दै लबिंगको कामबाट शुरुवात गरेका थिए ।

त्यसपछि उनको जीवन अनियन्त्रित भयो । हन्टरको पहिलो श्रीमतीले उनलाई रक्सी र ड्रग्सको लतको साथमा नियमित रूपले स्ट्रिप क्लब जाने बताउदै सम्बन्ध विछ्छेदको निवेदन अदालतमा दर्ता गरिन् । कोकेन सेवनको दोषी पाएपछि हन्टरलाई अमेरीकी सेनाबाट निकालियो ।

एक पटक हन्टर बाइडनले न्यु योर्कर पत्रिकासंग कुराकानी गरेका थिए र उनले आफुलाई एक चिनिया उर्जा व्यापारीले हिरा उपहारमा दिएको बताएका थिए । त्यस पछि चिनिया सरकारले उक्त व्यापारीमाथि भ्रष्टाचारको जाँच गरेको थियो ।

आफ्नो व्यक्तिगत जीवनलाई हन्टरले एउटा नाटक जस्तै बनाएका थिए र त्यसले जो बाइडेनलाई निकै राजनीतिक झट्का लागेको थियो ।

पछिल्लो वर्ष हन्टरले यस्तो केटि संग विवाह गरे जसलाई उनले केवल एक हप्ता अगाडी भेटेका थिए । साथै हन्टरको ठुलो कमाईको कारण पनि बाइडेनको आलोचना हुने गरेको छ ।

बाइडनमाथि आरोप 

पछिल्लो वर्ष आठ जना महिलाले जो बाइडेनले उनीहरुलाई आपत्तिजनक तरिकाले छोएको र अँगालो हालेर , चुम्बन गरेको आरोप लगाएका थिए । उक्त महिलाहरुले आरोप लगाएपछि थुप्रै अमेरिकी समाचार च्यालनले बाइडेनले सार्वजनिक समारोहमा महिलाहरुलाई अभिवादन गरेको तस्वीरहरु देखाएका थिए ।

कतिपयमा बाइडेनलाई महिलाको कपाल सुँघ्दै गरेको पनि देखाइएको थियो ।

उक्त आरोपको उत्तरमा बाइडेनले भनेका थिए, 'भविष्यमा म महिलालाई अभिवादन गर्ने क्रममा अतिरिक्त सावधानी अपनाउने छु ।' तर यसै वर्षको मार्च महिनामा अमेरिकी नायिका तारा रिडले बाइडेनले ३० वर्ष पहिला उनीमाथि यौन हिंसा गरेको आरोप लगाएकी थिइन् ।

बाइडेनले उनलाई भित्तामा धकेलेर, जबर्जस्ती गर्ने प्रयास गरेको आरोप लगाएकी थिईन् । त्यस समयमा तारा रिड, बाइडेनको कार्यालयमा सहायक कर्मचारीको रुपमा काम गर्थिन् ।

जो बाइडेनले तारा रिडको उक्त आरोपलाई पुरै खण्डन गरे र एउटा बयान जारी गर्दै भनेका थिए, 'त्यस्तो कहिले पनि भएको थिएन ।' यसै वर्ष एक अन्तर्वार्तामा तारा रिडले भनिन्, 'बाइडेनका सहयोगी मेरो बारेमा भद्दा-भद्दा कुरा गर्दछन् र सामाजिक संजालमा पनि मलाई नराम्रो बोल्दछन् ।' 

'बाइडेनले आफैं मलाई केही भनेका छैनन् तर प्रचार अभियानमा एक तर्फबाट हेर्दा बाइडेन संग महिलाहरु सुरक्षित देखिन्छन् तर वास्तवमा बाइडेनको नजिक रहेका महिला कहिले पनि सुरक्षित छैनन् ।'

जो बाइडेनका प्रचारप्रसार समूहले उनको यस आरोपलाई खण्डन गर्दै आएका छन् ।

विदेश नीतिको बारेमा बाइडेनको पक्ष 

जो बाइडनका समर्थक विदेश नीतिको बारेमा उनको ज्ञान देखेर आश्चर्यचकित हुन्छन् । उनीसँग पाँच दशकको राजनीतिक अनुभवको साथमा कुटनीतिको पनि लामो अनुभव रहेको छ । यो उनको सबैभन्दा ठुलो शक्तिको रुपमा राजनीतिक मैदानमा देखिन्छ ।

बाइडेन, पहिला पनि संसदको वैदेशिक मामिला समितिका अध्यक्ष रहेका छन्  र  उनी यस दावालाई बढाई-चढाई गर्दछन् । उनी भन्छन्, 'मैले पछिल्लो ४५ वर्षमा कमोबेस संसारको हरेक ठुला राजनीतिज्ञसंग भेट गरेको छु ।'

जो बाइडेनले सन् १९९१ मा खाडी युद्धको विरुद्धमा मतदान गरेका थिए तर सन् २००३ मा उनले इराक आक्रमणलाई समर्थन गर्दै मतदान गरेका थिए ।

पछि उनी इराकमा अमेरिकी हस्तक्षेपको मुख्य आलोचक पनि बनेका थिए । यस्तो मामिलामा बाइडेन निकै सम्हालेर हिड्ने गर्दछन् ।

पाकिस्तानमा ओसामा बिन लादेनलाई मार्ने अमेरिकी कमान्डो आक्रमणको क्रममा बाइडेनले ओबामालाई उक्त आक्रमण नगर्न सल्लाह दिएका थिए ।

विदेश नीतिसंग जोडिएको प्रायजसो मामिलामा बाइडेनको व्यवहार मध्यम प्रकारको रहेको छ । बाइडेनलाई लाग्छ कि उनी आफ्नो मध्यम व्यवहारले मतदाताहरुलाई आफ्नो तर्फ आकर्षित गर्न सक्छन् ।  जसको कारण मानिसहरुलाई ट्रम्प र उनी बीच चयन गर्न निकै कठिन भयो ।

एउटा 'अकुशल' वक्ता

बाइडेनको मैत्री स्वभाव उनको वास्तविक शक्तिको रुपमा रहेको छ र उनको मुस्कान, एक तरिकाको उनको सिधान्त हो । उनी मिठो बोली बोल्ने नेताको रुपमा प्रख्यात छन्, जसले सजिलै मानिसको हृदयलाई छुन सक्छ ।

चुनाव प्रचारको क्रममा उनको भाषण लामो-लामो मोनोलगको रुपमा अख्तियार कर लिने मानिसको जस्तो गर्दथे जसले उनको सांसदको समयको सम्झना गराएको थियो ।

कहिलेकाँही उनी उप-राष्ट्रपतिको आफ्नो कार्यकालको क्रममा साथीहरुको नाम लिने गर्दथे तर उनको उदाहरण र कथासंग कुनै पनि राजनीतिक कुरा हुँदैन थियो । जब उनी अमेरिकी आत्मा बेच्ने कुरा गर्दथे तब उनले कहिलेपनि स्पष्टरुपमा यसको मतलब के हुन्छ भन्ने बताएका थिएनन् ।

जो बाइडेनलाई पत्रकारहरुले अमेरिकी इतिहासको अहिले सम्मको सबै भन्दा कमजोर उम्मेदवारको रुपमा रहेको बताएका थिए । उनी सन् २०१६ मा राष्ट्रपति पदको दौडबाट बाहिरिएका जेव बुश भन्दा पनि खराब उम्मेदवार रहको टिप्पणी गरेका थिए ।

उनीहरुले लेखेका छन्, 'फ्लोरिडाका पूर्व गभर्नर जेब बुश, आफ्नो भाषण पुरा भएपछि कसैले प्रशंसा नगरे पनि कम से कम आफ्नो कुरा र पुरा त गर्दथे ।'

विवादास्पद बयान

बाइडेनसंग मतदातालाई लोभ्याउने प्राकृतिक कला रहेको छ तर उनी कुनैपनि समयमा गलत बयान दिन सक्छन् । जसको कारण उनको सबै मिहेनत खेर जान सक्छ । जनतासंग प्रत्यक्ष हुँदा प्राय जो बाइडेन भावनामा बहने प्रकारका छन् र यसै कारणले उनको राष्ट्रपति चुनावको पहिलो अभियान शुरु हुनुभन्दा पहिला नै अचानक अन्त्य भएको थियो । (जब उनले निल किनाकको भाषणको नक्कल गरेका थिए ।)

सन् २०१२ मा आफ्नो राजनीतिक अनुभवको बखान गर्दै बाइडेनले जनतालाई गफ लगाएका थिए । उनले भनेका थिए, 'साथिहरु म तपाइँहरुलाई भन्न सक्छु कि मैले आठ राष्ट्रपतिहरुसंग काम गरको छु र ती मध्य तीन जना संग मेरो निकै घनिष्ट सम्बन्ध रहेको छ ।'

उनको यस बयानको वास्तविक अर्थ भनेको, तीन राष्ट्रपतिसंग नजिक रहेको काम गरेको हो तर यस कुरा उनले यस्तो शैलीमा भने त्यसको मतलब  'तीन राष्ट्रपतिसंग यौन सम्बन्ध रहेको छ ।'

जब बराक ओबामाले जो बाइडेनलाई आफ्नो साथमा उप-राष्ट्रपति उम्मेदवार बनाए तब बाइडेनले मानिसहरुलाई , ओबामासंग मिलेर अर्थव्यवस्था सुधार्ने गल्ति गर्न सक्ने सम्भावना ३० प्रतिशत रहेको बताएका थिए र यसको कारण मानिसहरुन् डराएका पनि थिए ।

यसभन्दा पहिला बाइडेनले ओबामाको बारेमा एउटा टिप्पणी दिएर हलचल मचाएका थिए ।  उनले भने, 'ओबामा यस भन्दा पहिला अफ्रिकी मुलका अमेरिकी नागरिक हुन् जो राम्रो बोल्छन् र समझदार छन्, भ्रष्ट छैनन् र हेर्दा राम्रो पनि छन् ।'

उनी उक्त बयान पछि पनि अफ्रिकी-अमेरिकी समुदायको बीच निकै लोकप्रिय रहेका छन् ।

जो बाइडेनको यस्तो अनियन्त्रित बयानको कारण न्यूयोर्क म्यागजिनका एक पत्रकारले बाइडेनको पुरै प्रचार टिम उनले केही गलत बोल्ने कुराले चिन्तित भएको कुरा लेखेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै