• २०८१ बैशाख २१ शुक्रबार

उसैन बोल्टले ९.९५ सेकेन्डमा सय मिटर दौडेर स्वर्ण जिते

kharibot


कीर्तिमानी धावक उसैन बोल्टले मोनाकोमा भएको डाइमण्ड लिगमा स्वर्ण पदक जितेका छन् । जमैकाका ३० वर्षे कीर्तिमानी धावक बोल्टले एक सय मिटरको दूरी ९ दशमलव ९५ सेकेण्डमा पूरा गर्दै स्वर्ण पदक जितेका हुन् । ३० बर्षको उमेरमा बोल्टको यो १२औ विश्व टाइटल हो ।

उनले अमेरिकाका इशाह योङलाई पछि पारेका हुन् । योङले ९ दशमलव ९८ सेकेण्डमा दूरी पूरा गरेर दोस्रो भए । १० दशमलव ०२ सेकेण्डमा दूरी पूरा गरेका दक्षिण अफ्रिकाका एकानी सिम्बाइन तेस्रो भए ।

८ पटकका ओलम्पिक च्याम्पियन धावक बोल्ट सन्यासको तयारीमा रहेका छन् । बोल्टले आउँदो अगस्टमा लण्डनमा हुने विश्व च्याम्पियनसिपमा एक सय मिटर चार गुण रिले दौडमा सहभागी हुने घोषणा गरेका छन् । त्यो दौड नै आफ्नो खेल जीवनको अन्तिम औपचारिक सहभागिता रहने उनले बताएका यसअघि नै घोषणा गरिरकेका छन् ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै