• २०८१ बैशाख १७ सोमबार

बलिवुडमा ड्रग्स प्रकरणमा आज अभिनेता अर्जुन रामपालसँग बयान लिदै

kharibot

काठमाडौँ । बलिवुडमा ड्रग्स प्रकरणमा अभिनेता अर्जुन रामपालसँग आज नारकोटिक्स कंट्रोल ब्यूरो (एनसीबी) ले बयान लिदै छ । यस अघि उनको घरमा छापा मारेको एनसीबीले अभिनेता अर्जुनलाई आज बयानका लागि बोलाएको हो । 

एनसीबीले अभिनेता अर्जुन रामपालकी प्रेमिका गाब्रेला डेमेट्रीआडेससँग मंगलबार र बुधबार बयान लिइसकेको छ । 

अभिनेता अर्जुन रामपालसँग दक्षिण मुम्बईस्थित बलार्ड स्टेटमा स्थित एनसीबीको अंचल कार्यालयमा बयान लिने तयारी गरेको छ ।     

एनसीबीले गत सोमबार बलिवुड सेलिब्रेटीले ड्रग्सको प्रयोग र कारोबार गर्ने बारे छानबिन गर्ने क्रममा रामपालको घरमा छापा मारेर उनका इलेक्ट्रोनिक्स ग्याजेटसहरु ल्यापटप, मोबाइल फोन, ट्याबलेट  जफत गरेको थियो । 

मिडिया रिपोर्टका अनुसार अर्जुनको ड्राइभरलाई पक्राउ गरेर प्रहरीले सोधपुछ गरिसकेको छ ।

अघिल्लो महिनामात्र एनसीबीले ड्रग्स प्रकरणमा अर्जुन रामपालकी प्रेमिकाका भाईलाई ड्रग्स प्रकरणमै गिरफ्तार गरेको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै