• २०८१ बैशाख १९ बुधबार

मनोज गजुरेल कोरोना संक्रमण मुक्त

kharibot

काठमाडौँ । हास्य कलाकार मनोज गजुरेल कोरोना संक्रमण मुक्त भएका छन् । गजुरेल ११ दिन अस्पताल बसेर पिसिआर परिक्षण निगेटिभ आएपछि अस्पतालबाट डिस्चार्ज भएका हुन् ।

गजुरेलको स्वास्थ्यमा समस्या भएपछि उनलाई सशस्त्र प्रहरी अस्पताल बलम्बुमा आइसीयुमा भर्ना गरेर उपचार गरिएको थियो ।  

अस्पतालबाट डिस्चार्ज भएपछि गजुरेलले भनेका छन् , 'धन्यवाद तथा आभार ???? ११ दिनको अस्पताल बसाई पश्चात घर फर्किएर आराम गरिरहेको छु । कोभिड १९ का सबै रिपोर्ट नेगेटिभ आएका छन् । केही दिनमा पुर्ण स्वस्थ्य भएर काममा फर्कनेछु । यस क्रमममा अत्यन्तै उच्च स्तरको उपचार सेवा प्रदान गर्ने नेपाल एपिएफ अस्पताल परिवार, परिवारका सम्पुर्ण सदस्यहरु तथा सबै शुभचिन्तकहरुलाई अन्तरमनदेखी नै धन्यवाद ???? सकेसम्म यो महमारीबाट आफू जोगिऔ । अरुलाई पनि जोगाऔँ
। दिपावलीको सबैलाई शुभकामना ।'

गजुरेललाई कार्तिक ११ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

उनले आफ्ना दाजुलाई अस्पताल लाने ल्याउने गरेको बताएउदै सोहि क्रममा कोरोना संक्रमण भएको हुनसक्ने बताएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै