• २०८१ बैशाख २१ शुक्रबार

बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन सेल्फ आइसोलेसनमा

kharibot

एशफिल्डका सांसद ली एन्डरसनसँग भेट गर्दै प्रधानमन्त्री बोरिस जोन्सन

काठमाडौँ । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन सेल्फ आइसोलेसनमा गएका छन् ।

प्रधानमन्त्री जोन्सनलाई भेटेका सांसदलाई कोरोना पोजेटिभ देखिएपछि उनी सेल्फ आइसोलेसनमा गएको बिबिसीले उल्लेख गरेको छ ।

प्रधानमन्त्री कन्ट्रयाक्ट ट्रेसिङमा परेको र उनको परिक्षण समेत गरिएको बताइएको छ । उनलाई अहिले कुनै लक्षण भने देखिएको छैन ।

प्रधानमन्त्री जोन्सनले गत विहिबार एशफिल्डका सांसद ली एन्डरसनसँग करिब ३५ मिनेट भेटवार्ता गरेका थिए । त्यसपछि सांसद एन्डरसनलाई पोजेटिभ देखिएको थियो ।

जोन्सनले बेलायतमा कोरोनाको दोस्रो लहर आइरहेको र त्यसलाई रोक्न महत्वपूर्ण घोषणा गर्ने तयारीमा रहेका बेला आफुलाई सेल्फ आइसोलेट गर्नु परेको छ ।

गत अप्रिलमा जोन्सनलाई कोरोना संक्रमण भएर अस्पताल भर्ना नै गर्नु परेको थियो । उनलाई आइसीयुमा उपचार गरेपछि ठिक भएको थियो ।      

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै