• २०८१ बैशाख १७ सोमबार

स्न्याप च्याटले भाइरल हिट भिडियोलाई हरेक दिन एक मिलियन डलर रकम दिने 

kharibot

फाइल तस्वीर

काठमाडौं । भाइरल भिडियोको लागि प्रख्यात टिकटकलाई चुनौती दिदै मेसेजिंग एप स्न्याप च्याटले हरेक दिन आफ्नो प्रयोगकर्तालाई एक मिलियन अमेरिकी डलर दिने घोषणा गरेको छ ।

यस नयाँ फिचरले एल्गोरिदमको माध्यमबाट सबैभन्दा धेरै इन्गेज गरिएको पोष्ट र धेरै हेरिएको पोष्टको आधारमा प्रयोगकर्तालाई रकम प्राप्त हुनेछ ।

कम्पनीले ठुला स्टारहरुलाई “प्राइभेट र पर्सनल अकाउन्ट” को छुट्टै विकल्प दिने भएको छ ।

यस वर्षको अन्त्यसम्ममा हेरक दिन एक मिलियन डलर दिने कम्पनीले बताएको छ ।

सन् २०२१ सम्ममा यदि यसले सफलता प्राप्त गरेन भने यस सुविधालाई हटाइने छ ।

अपलोड गरिएको भिडियो पैसा कमाउन सक्षम हुनुपर्नेछ ।

यस प्रणाली निकै जटिल छ तर भिडियोको लाइक्सको आधारमा रकम दिइनेछ ।

तर स्न्याप च्याटले भने कति जनालाई उक्त रकम दिइने कुराको खुलासा गरेको छैन र प्रतिव्यक्ति कति कमाई हुन सक्छ त्यसको बारेमा पनि केही भनेको छैन ।

प्रयोगकर्ताहरु १६ वर्ष भन्दा माथिको हुनुपर्नेछ र नियमहरु पालना गर्नुपर्ने हुन्छ जस्तै कि कपीराइट, सेन्सरसिप, ड्रग्स र मादकपदार्थ सेवन सम्बधि नियम उल्लङ्घन गर्न पाइदैन ।

कम्पनीले नियम उल्लङ्घन सम्बन्धि अपडेट गर्ने र एल्गोरिदमको गेममा केहि छेडखानी गरे थाहा हुने बताएको छ ।

कम्पनीले भेनेको छ, “हामीले धाँधली गरेको र फर्जी विषयमा निगरानी राखिरहेको छौं र स्न्याप च्याटमा यसको बारेमा सतर्कता अपनाइएको छ ।” 

यस पेमेन्ट सिस्टमको अनुसार प्रयोगकर्ता तथा भिडियो मेकरलाई पैसा दिने प्रतिस्पर्धाले बजारमा राम्रो ठाउँ लिन सहयोग गर्नेछ ।

प्रयोगकर्ताको कन्टेन्ट र त्यसमा कति क्रिएटिभ हुन सक्छ त्यसले पनि स्न्याप च्याटमा भाइरल हुने कुराको तय गर्दछ ।

भाइरल कन्टेन्टलाई प्रोत्साहन दिने र क्रिएटरहरुलाई पैसा दिने विषयमा भने अन्य भिडियो एप जस्तै टिकटकको तुलनामा भिन्न हुनुपर्छ ।

स्न्याप च्याट शुरुवातको समय देखि नै २४ घण्टामा हराउने च्याटको बारेमा निकै लोकप्रिय छ र अहिले इन्स्टाग्रामको स्टोरी र ट्वीटरको फ्लिटमा पनि यसको शुरुवात भइसकेको छ ।

त्यस्तै टिकटकले पनि आफ्नो प्लेटफर्ममा ओरिजिनल भाइरल कन्टेन्टलाई प्राथमिकता दिदै आएको छ र यसमा सजिलै गित तथा भिडियो बनाएर पोष्ट गर्न मिल्छ ।

प्रयोगकर्ताको घ्यानाकर्षण गर्न स्न्याप च्याटले दैनिक रुपमा पैसा दिने घोषणा संगै लाखौँ प्रयोगकर्ता बढ्ने लक्ष्य लिइएको छ र कोरोना महामारीको समयमा करिब दुई सय ५० मिलियन प्रयोगकर्ता थप भएका थिए ।

टिकटकलाई भने यस वर्ष निकै संघर्ष गर्नुपरेको छ, सबै भन्दा ठुलो समस्या भनेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रतिबन्ध रहेको छ ।

हालै टिकटकका एक प्रयोगकर्ताले एक सय मिलियन फलोअर्स बनाएकी छिन् । यसले पनि स्न्याप च्याटको प्रतिस्पर्धा कडा हुने देखिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै