• २०८१ बैशाख २३ आइतबार

कोरोना सङ्क्रमित मन्त्री लामालाई थप उपचारका काठमाडौँ लगियो

kharibot

फाइल तस्वीर

वाग्मती । वाग्मती प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावादोर्जे लामालाई स्वासप्रस्वासमा समस्या भएपछि थप उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौँ लगिएको छ । 

कोरोना सङ्क्रमणका करण बिरामी पर्नुभएका मन्त्री लामालाई थप उपचारका लागि काठमाडौँको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग उपचार केन्द्रमा लगिएको मन्त्रीको निजी सचिवालयले जनाएको छ । मन्त्री लामा गत मङ्सिर ५ गते कोरोना परीक्षणमा सङ्क्रमण पुष्टि भएपछि हेटौँडास्थित सरकारी निवासमा आराम गरिरहेका थिए ।

सोमबारदेखि मन्त्री लामालाई स्वास फेर्न असहज महसुस भएपछि आज नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौँ लगिएको सचिवालयले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै