• २०८१ बैशाख २० बिहीबार

हाम्रो सरकार ओबामाको तेस्रो कार्यकाल होइन - जो बाइडेन

kharibot

काठमाडौँ । अमेरिकाका राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले आफ्नो कार्यकाल ओबामाको तेस्रो कार्यकाल नभएको स्पष्ट गरेका छन् ।

राष्ट्रपति पदमा निर्वाचित बाइडेनले एनबिसी टेलिभिजनमा दिएको अन्तर्वार्तामा आफ्नो सरकार बराक ओबामाको तेस्रो कार्यकाल नभएको बताएका छन् ।

बाराक ओबामाको दुई कार्यकालमा उपराष्ट्रपति रहेका बाइडेनले हली नियुक्त गरेका क्याबिनेटका धेरै जसो सदस्य ओबामा प्रशासनमा काम गरेका व्यक्तिहरु भएपछि बाइडेनलाई यस्तो प्रश्न गरिएको थियो ।

प्रश्नको जावफ दिदै बाइडेनले अहिले विश्वले फरक समस्याको समाना गरिरहेको भन्दै बाइडेनले ट्रम्पले पुरै परिदृश्य बदलिदिएको आरोप लगाएका छन् ।

उनले भने, यो ओबामाको तेस्रो कार्यकाल होइन । हामी ओबामा-बाइडेन प्रशासन भन्दा बिल्कुल अलग दुनियाँको सामना गरिरहेका छौं । राष्ट्रपति ट्रम्पले पुरै परिदृश्य बदली दिएका छन् । हामी अमेरिकालाई एक सुत्रमा बाध्न चाहन्छौं । हाम्रो सरकारमा प्रतिनिधित्वको विषयमा विविधता हुने छ । सरकारमा हरेक वर्गको प्रतिनिधित्व हुने छ । हामीले रिपब्लिकनको नियुक्तिमा पनि विचार गर्न सक्छौं ।'

बाइडेनले आफ्नो सरकार ओबामाको छायाबाट बाहिर निस्केर काम गर्ने बताएका छन् । आउदो चार बर्ष ओबामाको तेस्रो कार्यकाल नहुने र आफ्नो अगाडी अलग किसिमको चुनौती भएको बताएका छन् ।

बाइडेनले आफ्नो कार्यकालमा विश्वलाई फेरी एक पटक नेतृत्व गर्ने बताउदै आफुले विश्वका २० नेताहरुसँग कुराकानी गरेपछि आफु उत्साहित भएको बताएका छन् ।   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै